​अमेरिकी राष्ट्रपति ट्रम्प र प्यालेस्टाइनी राष्ट्रपति अब्बासबीच भेटवार्ता

  •  
  •  
  •  
  •  
  •  

बेथलेहेम । अमेरिकाका राष्ट्र डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन आफु जेपनि गर्न तयार रहेको बताएका छन् । प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बाससँग भएको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले दुई देशबीच शान्ति सम्झौता गराउन आफुले के गर्न सकिएला भनेर छलफल गरिरहेको पनि बताए ।

“इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन म प्रतिबद्ध छु, साथै त्यस उद्देश्य प्राप्तिका लागि म जेसुकै सहयोग र भूमिकाका लागि तयार छु,” प्यालेस्टाइनका राष्ट्रपति अब्बाससँग ट्रम्पले भनेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेस्टाइनी राष्ट्रपति अब्बासलाई मङगलबार वेष्ट बैंकमा भेटेका हुन् । उनीहरुको भेटवार्ता दुई देशको युद्ध अन्त्य र शान्ति सम्झौतामा केन्द्रित भएको अधिकारीले जनाएका छन् । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति अब्बासले उपलब्धिमुलक शान्ति सम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

Comments

comments

Comments are closed.