९० वर्षको उमेरमा विदेश जान एमआरपी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , माघ–५ । वैदेशिक रोजगारका लागि एमआरपी बनाउने युवाहरुको भिडमा उभिदै आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक जना बृद्धले पनि एमआरपी फारम भरेर पेश गरेका छन् ।

आँपचौरका ९० वर्षका दुर्गादत्त अर्यालले एमआरपी अर्थात मेशिन रिडेवल पासपोर्ट बनाउन लागेका हुन् । छोरा छोरी नातिनीहरु विभिन्न विकसित मुलकमा रहेको र उनिहरुले घुम्न बोलाएकाले अर्याललाई एमआरपीको खाँचो परेको हो ।
विक्रम सम्वत १९८७ साल माघ ३ गते जन्म भएको उनको एमआरपी फारममा उल्लेख भए पनि उनि ८९ वर्ष पुरा गरी ९० मा पाईला टेकीसकेको बताइएको छ।
अष्ट्रेलियामा रहेका छोरी ज्वाई वन्दना अर्याल कँडेल र सुरज कँडेल । त्यस्तै सिंगापुरमा रहेका नाती सुरेश अर्यालले घुम्न वोलाए पछि त्यसको पुर्व तयारीका रुपमा अर्यालले छोरा ऋषिराम शर्मा अर्यालका साथमा आएर एमआरपी पेश गरेका थिए ।
हन त उनले हस्तलिखित राहदानी दुई वर्ष अघि बनाएर सिंगापुरमा रहेका अर्का छोरा घनश्याम अर्यालले बुहारी सिता अर्यालले बोलाएर त्यहाँ घुम्न पुगेका थिए ।
बैश उमेरमा आफ्नै सदरमुकाम दुरदराज जस्तै ठानेका अर्याललाई अहिले बुढेशकालमा आएर अष्ट्रेलिय , सिंगापुर जस्ता विकासित मुलुकहरु पानी पँधेरो जस्तै बनेका छन् ।

Comments

comments

Comments are closed.