८८ वर्षको उमेरमा प्रेम विवाह

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, मंसिर–२४ । प्रेम र विवाहलाई उमेरले छेक्दैन, रोक्दैन भन्ने कुराको पछिल्लो उदाहरणका पात्र हुन घमिरका एक जना बृद्ध । घमिर गाविस वडा नम्वर ३ का पुर्णबहदुर मगरले ८८ वर्षको उमेरमा गरेको प्रेम विवाह निकै सफल र सुखद् बनेको छ ।

विसावाईसे उमेरका ठिटाठाटीको भन्दा उहाँकी ७० वर्षिय पत्नी शिवकुँवरी संगको दाम्पत्य जिवन कम छैन् । चाहे त्यो आपसमा जिस्कीने कुरामा होस वा भविश्यको वारेमा सोच्ने कुरामा होस् उनिहरुको गुनगुन् चलिरेकै हुन्छ अल्लारे उमेरका बुढाबुढीको जस्तै ।

उमेर ८८ नाघेर ८९ वर्षमा पाईले टेके पनि सानो गाँठीका मगर बृद्ध रातो पिराउँदो मुहारले तन्नेरी जस्तै देखिन्छन् । भारतिय सेनाका पेन्सनवाला हुन् उनि । जेठी पट्टीका चार छोरा र चार छोरी मध्ये जेठा छोरा र जेठी छोरीको उमेर ६० नाघेको छ । हँसीला फरासीला र ठट्टालु स्वभावका उनलाई अझै पनि सन्तान जन्माउने ईच्छा छ कि ? भनेर जिस्कीउँदा जन्मे के फरक प¥यो त भन्ने ठट्टालु जवाफ दिन्छन् ।

आज भन्दा २२ वर्ष अघि पेन्सन निस्केका उनि श्रीमतिको मृत्यु भए पछि एक्लो हुनु प¥यो । उता हालकी उनकी श्रमतिले पनि श्रीमान गुमाउनु प¥यो । अन्ततः गाउँमा ति दुई एक्लाहरुको आ–आफ्नो पत्नी वियोग र पति वियोगको पिडामा वसेको धेरै बर्ष पछि हिउँपेउँ बढ्दै जान थाल्यो । दुवै एक्लाहरुको हेउपेउ र मिलनलाई उनीहरुका सन्तान भाई बन्धुहरुले पनि समर्थन गर्न थाले ।

फलतः एउटा यस्तो गितको बोल – ‘हे….बल्ल भेट भयो जुनको र ताराको, दुबै कर्महाराको…’ भने जस्तै दुवैको भेट भयो ८८ र ७० वर्षको उमेरमा नव वेहुला र वेहुलीको रुपमा । यो संयोगलाई गाउँवासीले निकै सराउँदै आएका छन् । त्यसलाई अनौठो प्रेम विवाहका रुपमा गाउँवासीले चर्चा गर्ने गरेकाछन् ।

विद्याताले एकल बनाए पनि सधै एकल भएरै बस्नु पर्छ भन्ने पुरानो मान्यतालाई पनि तोडेको छ । यो बुढेशकालमा दुवैले जोडी पाएका छन् । निकै खुशी छन् श्रीमान श्रीमति दुवैले दाउरा–घाँस मेला–पात सवै काम गर्न सक्छन् ।

लोकल कुखरा, खसी बोका र दुधाले भैसी पालेका छन् । माछा मासु, सागपात , दुध दही नटुटे पछि थप रातो पिराउँदो बन्दै गएका छन् । अहिले त्यो उमेरमा उनिहरुमा विसावाईसे उमेरको बैश फर्केको छ ।

कुनै समय थियो र किनै कट्टर समुदाय थियो । जति वेला १३ वर्षको उमेरमा विधुवा बनेकी वालिका जिवनको अन्तिम काल सम्म विधुवानै बसेर सारा जिवन उसै मृतक पति देवको सत्धर्ममा अर्पण गर्नु पर्दथ्यो । तर अहिले कुनै त्यस्तो कट्टर समुदाय छैन जसले महिलालाई बैश उमेर देखि मर्ने बृद्ध उमेर सम्म विधुवा नै वस भन्न सकोस ।

छिमेकी जिल्ला अर्घाखाँचीमा २४ वर्षको उमेरमा विधुवा बनेकी एक व्राम्हण समुदायकी महिलाले यो समाचारदातालाई पटक पटक फोन गरेर म जस्तै एकल भएका पुरुषहरु कोही छन भने छानेर विवाह गराई दिन आग्रह गरी रहिन् । दाजु , यो उमेरमा उसैको मृतआत्मालाई कुरेर बस्न सकिदो रहेन छ एउटा खोजि दिनु प¥यो तपाई मेरो दाजु बनेर भने पछि उनलाई त्यस्तै संयोग मिल्यो ।

अन्ततः पुर्व श्रीमानको मृत्युको एक बर्ष पछि उनले दोश्रो विवाह गरेर हालै सुखत नवदाम्पत्य जिवनमा फर्किएर विर्सी सकेको हाँसो ओठमा निकालेकी छिन् । उनि शिक्षित व्राम्हण समुदायकी चेली हुन । उनलाई माईतीजनले पनि रोकावट गरेनन् ।

८० वर्षमा २६ वर्षिया संग विहे गरेर जन्मियो सन्तान

यता गुल्मीकै रेसुङ्गा नगरपालिका ८० वर्षिय नामबहादुर बिक (नाम परिवर्तन) ले २६ वर्षिया युवतीसंग विवाह गरेर त्यो उमेरमा छोरी जन्माएका छन् । मृतक पुर्व पत्नीका छोरा छोरीहरु शिक्षित र विभिन्न क्षेत्रमारहेको भन्दै उनिहरुको ईज्जतमा दाग लाग्ने भन्दै बिकले आफ्नो नाम गोप्य राख्न चाहे ।

घमिरको ८९ वािर्षय पुर्णबहादुर मगरले भने बुढेशकालको त्यो मिठो मिलनलाई शौभाग्यका रुपमा लिदै खुलेर सञ्चार माध्यममा बोल्न चाहे । उनले आफु सय बर्ष भन्दा पनि अरु धेरै वर्ष बाँचेर दाम्पत्य जिवनलाई सुखत बनाई रहने अठोट गरे ।

Comments

comments

Comments are closed.