७ सन्तानका धनी दम्पत्ती अहिले बुढेशकालमा एक्लै

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, असार ९ । गुल्मीको सदरमुकाम तम्घासका अवकास प्राप्त शिक्षकद्धयः भेषबहादुर कुँवर उनीकी धर्मपत्नी अमृतादेवि कुँवरका दुई छोरी र पाँच छोराहरु सहित ७ सन्तान रहेका छन् । तर उहिरुलाई हुर्काउने पढाउने वेला सम्म आफ्नो साथमा राखे त्यस पछिका दिनहरुमा उनिहरु एक्लै छन् र घर कुरुवा जस्तै बनेका छन् ।
जेठा छोरा ईश्वरीजंग कुँवरले सुरुमा महेन्द्र माध्यामिक उच्च विद्यालय तम्घास र तम्घासकै शिद्धवाव उच्च माध्यामिक विद्यालयका पढाए । त्यहाँबाट वुटवल वहुमुखी क्याम्पसको स्थायी प्राध्यापक नियुक्ती पाएका उनले होराईजन कलेजमा पनि पढाए । तर उनि त्यो भन्दा उच्च सपना देख्दै अमेरिका उडे ।
गत ७ वर्ष देखि अमेरिकाको र्जिर्जया युनिभर्सिटी अफ टेक्नोलोजीमा रिर्शच पर्शन रहेका उनले त्यसै युनिभर्सिटीबाट पिएचडी गर्दैछन् । लगत्तै माईला भाई विजयजंगलाई पनि उनले उतै ताने । अमेरिकाको अलवानिया स्टेट युनिभर्सिटीमा असिस्टेन प्रोफेसर रहेका विजयजंगले भने पिएचडी गरी सकेका छन् ।
दुई भाईका सपरिवार अमेरिका मैं रहेका उनिहरु भन्छन्, ‘स्वदेशमै केहि गरौं भेर त्यत्रो वर्ष पढाईयो तर खासै अवसर नपाए पछि यहाँ आउनु हाम्रो बाध्यता थियो ।’ कुँवर दम्पत्तीका साईला छोरा रमेशजंग भारतिय सेनामा रहेका छन् । काईला छोरा किरणजंग नेपाल प्रहरीको प्रधान कार्यालयमा प्रहरी निरीक्षकमा कार्यरत छन् । कान्छा छोरा हेमन्तजंग ललितपुरको पुल्चोक क्याम्पसमा यसै वर्ष ईन्जिनियर सकाउँदै छन ।
छोटो छुट्टी लिएर घर आएका प्रहरी निरीक्षक छोरा किरणजंग यति वेला घर आएकोले त्यो परिवारमा बडादशैंको भन्दा बढि रमाईलो छाएको छ । आमा अमृतादेवि कुँवर भन्छिन् –‘यति वेला त किरणकी र रमेशकी श्रीमति पनि संगै भएकोले सवै वसेर निकै रमाईलो गरिरहेका छौं ।’ उनले थपिन–‘ उनिहरु हिडे पछि निरास नै हुने हो ।’
दुई छोरीहरु मध्ये जेठी छोरी मायालक्ष्मी स्वदेशको गायन क्षेत्र मैं तल्लीन होलिन भनेर ढुक्क थिए कुँवर दम्पत्ती । केहि आधुनिक गीतहरु गाएर गायन क्षेत्रमा स्थापित भई सकेकी उनि पनि अष्ट्रेलिया तिर उडिन् । कान्छि छोरी दयालक्ष्मीले धेरै टाढा दाङ्गमा विहे गरिन् ।
त्यसैले पनि कुँवर दम्पत्ती घरमा एक्ला र घर कुरुवा जस्तै बनेका हुन् । लामो समय सम्म दुवै दम्पत्ती स्थाई शिक्षक रहेर स्वदेशमै आफ्नो जिवन अर्पेका उनिहरु अवकास पाए लगत्तै अहिले समाज सेवामा लागेर सवै संग हेलमेल गरेर दिन विताउने गरेका छन् । कुँवर दम्पत्तीको त्यो एक्लोपनको कथा यस जिल्लाको मात्रै नभएर सिङ्गो देशकै प्रतिनिधी मुलक कथा हो । दक्ष जनशक्ती यस देशले उत्पादन गर्छ र यसै देशले विदेश पलायन हुन बाध्य बनाउछ ।
gulmi khabar
तस्वीरः कुँवर परिवारले सकल परिवारको तस्वीर खिचाउँदै, कालोकोट र ढाका टोपीमा सजिएका ईश्वरजंगकी श्रीमति र छोरा छोरीहरु, दुई सन्तान र श्रीमतिका साथमा उनका भाई विजयजंग

कुँवरको सक्रियतामा विद्यालयमा कोष स्थापना

लहरोले पहरो तान्छ भने झैं कुवर दम्पत्तीका जेठा छोरा ईश्वरजंग संगै तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयमा पढेकाहरु अहिले प्राय धेरै जसो युके र अमेरिकामा रहेको पाईएको छ ।
ईश्वरीजंग कुँवरले देश विदेशमा रहेका पुर्व विद्यार्थीहरुलाई संगठित गरी त्यस विद्यालयलाई २ लाख ३९ हजारको गरिव जेहन्दार विद्यार्थीहरुका लागि अक्षय कोषको स्थापन गरिएको छ । कुल ४ लाख २५ हजार संकलन भएको र त्यस मध्ये १ लाख ८६ हजार मुल्य वरावरको रेसुङ्गा माविका विपन्न वर्गका ७० जना विद्यार्थीहरुलाई ड्रेश वितरण गरिएको अमेरिकाबाट कुँवरले जानकारी दिए ।
उनले अमेरिकाबाट पठाएको विवरण अनुसार रेसुङ्गा माविका पुर्व विद्यार्थी सञ्जय श्रेष्ठले अमेरिकाबाट ५२ हजार ४ सय २७ रुपैयाँ पठाएका थिए । सोही स्थानबाट ज्ञानेश्वर श्रेष्ठले ५१ ह्जार ६ सय ९७ रुपैयाँ, अमेरिकाबाटै ईश्वरादेवि थापाले २० हजार ६ सय ७८, विश्व श्रेष्ठले पनि त्यति नै रकम, भेषबहादुर कुँवर दम्पत्तीका नाममा छोराहरुले १५ हजार, भिष्म मरासीनीले १५ हजार, प्रकाश भलामीले १० हजार ४ सय ८५ , अंशु लिलु केसी (कमला ) ले १० हजार ३ सय २९ रुपैयाँ पठाएकी थिईन् ।
त्यस्तै अमेरिकाबाटै संगिता थापा ( सपना ) ले त्यति नै रकम, प्रभा पन्थीले १० हजार , प्रेम कुँवरले ३ सय अमेरिकी डलर, दिञ्जु श्रेष्ठ ( निरा ) , हुमा सेन, गंगा थापा, राजु क्षेत्रीले सय –सय डलर पठाएका थिए ।
सोही विद्यालयका पुर्व विद्यार्थी तम्घासका विरेन्द्र श्रेष्ठले लण्डनबाट १५ हजार, अष्ट्रेलियाबाट विक्रम गुरुङ्गले २ सय डलर, साउथ कोरियाबाट राजु क्षेत्रीले १ सय डलर, ईङ्गल्याण्डबाट रामप्रसाद सापकोटाले २ सय डलर , तम्घासबाटै कृष्ण पोखरेलले १० हजार , काठमाण्डौंबाट लक्ष्मी बस्नेतले १० हजार र सोही स्थानबाट राजेन्द्र पाण्डेले २५ हजार पठाएका थिए ।
कुँवर भन्छन् –‘यो सुरुवात मात्रै हो, हामी विस्तारै थप पुर्व विद्यार्थीहरुलाई संगठित गर्दै रेसुङ्गा माविका गरिव जेहन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा दिलाउनमा सहज वातवरण बनाउन कम्मर कसेका छौं ।’ पुर्व विद्यार्थीहरुले विदेशमा पुगेर पनि वर्षौ पछि सम्झेर सहयोग गरेको प्रति त्यस विद्यालयका प्रधानध्यापक प्रेमनारायण भण्डारीले आभार प्रकट गरेका छन् ।
3c72643a-9b49-4309-9ace-9083a77c107f

41a9aea8-a756-445f-8e19-d074d8a7629f

99c8e9d4-d0d9-495a-b747-e3ecae803c1c

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *