५ नम्वर प्रदेशभर पौष २७ गते विशाल विरोध सभा हुने

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , पौष–११ । ५ नम्वर प्रदेशबाट पाहडी जिल्ला टुक्राईने भनिएको विरोधमा आन्दोलनरत यस प्रदेश अन्तरगतका सवै जिल्लाहरुमा पौष २७ गते विशाल विरोध प्रदर्शन हुने भएको छ ।
आज संयुक्त जनआन्दोलन परिचालन समिति गुल्मीले सदरमुकाममा पत्रकार भेटघाट गरी उक्त कुराको जानकारी गराएको हो । केन्द्रबाट आएको आन्दोलनको तालिका पढेर सुनाउँदै समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले यस्तो जानकारी गराएका थिए ।
उनका अनुसार २७ गते सम्म गुल्मीमा बन्द हड्ताल केहि हुने छैन् । भोली पौष १२ गते साँझ सढे ६ वजे देखि ७ वजे सम्म यहाँका युवा र विद्यार्थीहरुले जिल्लालाई पुरै अँध्यारो पार्ने छन् ।
भोली साँझ आधा घण्टा सरकारको विरोधमा अँध्यरो जिल्ला बनाईने , १२ देखि १८ गते सम्म पुरै जिल्लावासीको हस्ताक्षर संकलन गर्ने र यस अघि गरिएको नमुना जनमत संग्रहको मत परिणाम समेत प्रशासन मार्फत सरकारलाई पठाईने कार्यक्रम गरिने भएको छ ।
२१ गते देखि २६ गते सम्म गाउँको तल्लो स्तर सम्म पुगेर २७ गते जिल्लामा हुने विशाल विरोध सभाको तयारीमा परिचालन समिति जुट्ने जानकारी श्रेष्ठले दिएका छन् ।
उक्त विशाल विरोध सभामा केन्द्रिय नेताहरुले सम्वोधन गर्ने बताईएको छ । त्यस पछि पनि सरकारले सुनुवाई नगरे अहिले सम्मका भन्दा पनि अझ कठोर कार्यक्रम गर्न बाध्य भईने चेतवानी यहाँको आन्दोलनरत पक्षले दिएको छ ।

Comments

comments

Comments are closed.