४ नम्वर ईलाका विरुद्ध उत्रियो जुभुङ्ग वलिथुम

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, कार्तिक– २४ । ४ नम्वर ईलाका भित्रै गाउँपालिका बनाईनु पर्दछ भन्दै आन्दोलनको अगुवाई गरेकाहरुलाई वलिथुम र जुभुङ्गका वासीन्दाहरुले ठेकेदारको सज्ञा दिए । जुभुङ्गका समाज सेवी ज्ञानबहादुर थापाले ४ नम्वर ईलाकाका सिमित व्यापारीहरुको निहित स्वार्थका लागि आफ्नो ईलाकाको खोजी गरिरहँदा अर्काको ईलाका चुँडेर लैजाने चलखेल गरेको विरुद्ध चेतवानी दिए । उनले कडा शव्दमा भने–‘जुभुङ्गका ठेकेदारहरु हो सामुन्य आउ, हामी तिमीहरु संग सम्वाद गर्न चाहन्छौं कि हामी ८ नम्वर ईलाकाको मानिसहरु कसरी तिमीहरुलाई पायक पारी दिन जाने ? त्यस्तै वलिथुमका कांग्रेस सभापति प्रेम पुनले पनि जुभुङ्ग र वलिथुमलाई गुल्मी दरवार गाउँपालिका र केन्द्र गौंडाकोटमा नपारिए कडा रुपमा प्रस्तुत हुने चेतावानी दिए ।

गौंडाकोटका युवाहरुको तर्फबाट वोल्दै प्रवेश कार्कीले कसैले चलखेल गरे जे पनि हुन सक्ने र जिविसको रातो घरबाट गौडाकोट केन्द्र खोसेर लैजाने चेतवानी दिए । विरोध कार्यक्रममा जुभुङ्गका शिक्षक श्रीप्रसाद थापा लगायतले नारा लगाउँदै गुल्मी दरवार गाृउँपालिकाको माग गरिएको थियो ।

Comments

comments

Comments are closed.