४ नम्वर ईलाकावासीद्धारा जिविसमा धर्ना, जिविसका अधिकारी र नेताहरुलाई वाहिर निस्कन बन्देज

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, कार्तिक–१८ । गुल्मीको ४ नम्वर ईलाका भित्र स्थानिय निकायको केन्द्र नराखेर त्यस ईलाकालाई टुक्राएको विरोधमा आन्दोलनरत स्थानिय वासीन्दाले आज जिल्ला विकास समितिमा धर्ना दिई रहेका छन् । 20161103_124825
उनिहरुले स्थानिय निकाय निर्धारण प्राविधिक सहयोग समितिको कार्यदलले केहि दिन अघि तयार पारेको स्थानिय निकायको खाकामा मजुवा वा त्यस आसपासमा केन्द्र नराखेर अन्यत्रै राखेर ४ नम्वर ईलाका टुक्राउने काम गरेको विरोधमा विभिन्न नारा लगाउँदै जिल्ला विकास समितिको सभाहलमा सहभागी निमित्त स्थानिय विकास अधिकारी सरोज पोखरेल र राजनैतिक दलका नेताहरुलाई ४ नम्वर ईलाका भित्रै अव बन्ने गाउँपालिकाको केन्द्र राख्नु पर्ने माग पत्र पेश गरेका छन् ।
आँपचौरका समाज सेवी जिवन खरेल संंयोजक रहेको वार्ता , समन्व्य र संघर्ष समितिको नेतृत्वमा रुपाकोट, तुराङ्ग, आँपचौर , जुभुङ्ग, वलिथुम , दिव्रुङ्ग , लगायतका सयौं जनताले कार्यदललाई कथित कार्यदलको संज्ञा दिदै तत्काल उक्त खाका खारेजी गरेर वैज्ञानिक खाका तयार पार्ने निर्णय सुनाउन यहाँको राजनैतिक दल र सम्वन्धीत निकाय संग माग गरेको छन् ।
नत्र हामी फर्किदैनौ वरु भोकै यहि मर्न तयार छौं , आन्दोनरत समितिका संयोजक जिवन खरेलले निमित्त स्थानिय विकास अधिकारी पोखरेल लगायतका अधिकारी र दलका नेताहरुलाई चेतावानी दिदै भने तपाईहरुले उक्त खाका खारेज गरेर अर्को खाका तयार पार्ने निर्णय यस हलबाट नगरे हामी वाहिर निस्कन दिने छैनौ ं ।
majuwa-andolanईलाका नम्वर ४ को आधार नलिईकन , परामर्श विना , पायक नपर्ने गरी , ईतिहाँस देखिको अपसी सम्वन्ध , सद्भाव रहन सहनलाई वेवास्ता गर्दै र राष्ट्रिय नीति निर्देशन समेत मिच्दै गुल्मीको कार्यादलले खाका तयार गरेको आरोप लगउँदै पुरै खारेजी गरी नयाँ सिराबाट अर्को खाका तयार गर्न माग गरिएको छ ।
तुराङ्गका निवर्तमान गाविस अध्यक्ष चेतन वस्नेतले भने–‘ क्षेत्र नम्वर २ को सदरमुकाम तम्घासको नजिकैै १५ मिनेटको दुरी गौंडाकोटमा केन्द्र तोकिएको छ ।
त्यसको १५ मिनेट नजिकै भेडुवामा र त्यसको २० ÷ २५ मिनेट दुरी घिउवेसीमा केन्द्र तोकिएको छ यता क्षेत्र नम्वर १ को खैरेनी देखि वामी टक्सार सम्म ४ घण्टाको दुरीमा र उता पर्वतको सिमाना पुर्तिघाट र यता वाग्लुङ्ग सिमना शान्तिपुरमा पनि ४ ÷ ५ घण्टाको दुरीमा केन्द्र तोक्नु यो कत्तिको न्यायोचित हो ? यस्तो अवैज्ञानिक र धेरैलाई अमान्य कथित कार्यदलको खाका तत्काल खारेज गरियोस् नत्र आन्दोलनको आँधुहुरी ल्याईने छ ।’
आन्दोलनमा स्थानिय महिला युवा, राजनैतिक दलका त्यस भेगका प्रभावशाली नेता शिक्षक वुद्धिजिवी , त्यस ईलाका अन्तरगत गाविसका निर्वतमान पदाधिकारी र समाज सेवीहरुको बाक्लो सहभागिता रहेको छ । आफुहरुको माग पुरा नभए सम्म तम्घासबाट घर नफर्किने र आन्दोलनको आकार दिन प्रति दिन बढाउँदै लगिने संर्घष समितिको सचिवालयले जनाएको छ ।
dsc01749आफुहरुको माग पुरा नभए गेटमा ताला ठोक्ने तयारीमा उनिहरु रहेका छन् । हल भित्र जिविसका अधिकारी संगै नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्त, सचिव सोमनाथ सापकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज सुदर्शन वराल , जिल्ला संयोजक विरबहादुर कार्की र राप्रपा नेपालका अनिल कक्षपति लगायत रहेका छन् ।
न्यायपुर्ण सिमाङकनका लागि शान्तिपुर्ण दवाव मुलक आन्दोलनको व्यानर टाँगेर वसेका त्यस भेगका नेता कार्यकर्ता र सर्वसाधरणहरु ‘ ईलाका नम्वर ४ खोई ? जवाफ देउ । वैज्ञानिक सिमाङकनका लागि दवाव दिउँ । अवैज्ञानिक सिमाङकनको प्रस्ताव मान्दैनौं । कथित कार्यदलको खेस्रा खारेज गर । हाम्रो माग एउटै छ हाम्रो ईलाका हाम्रै केन्द्र । पुर्वधार भुगोलको वेवास्ता , राँको वाल्ने अवस्था ।’ भन्ने नारा लगाई रहेका छन् । रुपाकोट, तुराङ्ग, आँपचौर , जुभुङ्ग, वलिथुम, कुर्घा र दिव्रुङ्गलाई एउटै गाउँपालिका बनाएर सोही स्थानको पायक पर्ने स्थानमा केन्द्र राख्ने प्रस्ताव गरेका छन् ।

बाहिर भैलो, भित्र भाँडभैलो
दलहरु विच भित्र सिमाङकन कसरी मिलाउने भन्ने विषयमा भाँडभैलो चलिरहेको बेला वाहिर आन्दोलनकारीले नाच्दै कुर्लिदै भैलो भट्टाई रहेका थिए । भैलोमा ईलाका नम्वर ४ भित्रको भावनात्मक सम्वन्ध, राजनैतिक , सामाजिक , धार्मिक र सांस्कृतिक सम्वन्धका कुराहरु उल्लेख गरिएको छ भने त्यहाँको भौतिक पुर्वधार , शैक्षिक अवस्था र अन्य प्रयाप्त सामथ्र्यका कुरालाई समेटिएको थियो ।
घण्टौ पछि भित्र बैठक कक्षको भाँडभैलोको तनावबाट मुक्त हुनका लागि होला यसो वाहिर निस्केर चिहाउँदै गरेका निमित्त स्थानिय विकास अधिकारी सरोज पोखरेल संग अव छिट्टै कुनै निर्णय वाहिर आउला ? भनेर सोध्धा राती अवेर सम्म आउला कि ? भनेर भन्दै थिए । साँझ तपाईहरु वाहिर निस्कनु हुन्छ ? भनेर प्रश्न गर्दा गेटमा धर्ना वसी रहेका आन्दोलनकारीलाई देखाउँदै र हाँस्दै खै कसरी निस्कीने हो ? भनेर भन्दै थिए ।
केहि वेर पछि वाज तालमा झुम्न थाले आन्दोलनकारी त्यस पछि त सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु पनि नाचौं नाचौ जस्तो गरेर नियाली रहेका थिए । वातवरण निकै रमाईलो हुन थाले पछि मानिसहरुको भिड पनि बढ्न थाल्यो । माओवादीले कुनै समय गरेको आम हड्तालको झल्को आयो ।
केहि वेर पछि आँपचौरका समाज सेवीले आन्दोलनरत साथीहरुलाई सम्वोधन गर्दै भने–‘ साथीहरु , हामीलाई भित्र वार्तामा वोलाईएको थियो , हाम्रो एक मात्र माग कथित कार्यदलले तयार पारेको खेस्रो खारेज गर्ने लिखित सहमति नभए सम्म हामीले मान्दैनौ भनेर फर्किएका छौं , अव नारा लगाउने र रातैभरी नाच्दै गाउँदै बसौं । ’
majuwa-andolan-1उनको सम्वोधनको ताली घन्कीए संगै फेरी भैलो भट्टाउन सुरु गरियो । दलका नेता र जिविसका अधिकारीहरु उनिहरुको माग सम्वोधन गर्न नसके सम्भवतः आज रातै भरी भित्र सिमाङनको भाँडभैलोमा रहने छन भने यता बाहिर आन्दोलनकारी भैलोमा रम्ने छन् । पहिलो चरणमा तिन दिन सम्मको आन्दोलनका विभिन्न कार्यक्रमहरु तय गरिएको जनाईएको छ ।

आन्दोलनले संयुक्त रुप लिदै
ईलाका नम्वर ४ को आन्दोलनले संयुक्त आन्दोलन सिर्जना गर्ने देखाएको छ । उनिहरु संगै आज मुसिकोट , बडागाउँ र पौदीअमराई पनि वामीलाई केन्द्र नमान्ने भन्दै सदरमुकाम छिरेका छन् । उता नेता र दर्लिङ्ग गाविस र अर्जै गाविसका नेता कार्यकर्ता र समाजसेवीहरु पनि अर्खवाङ्गलाई केन्द्र नमान्ने भन्दै सदरमुकाम भित्रिएका छन् ।
ईस्मा पनि आन्दोलनको तयारीमा जुटेको छ । ईस्माको केन्द्र चाँपटारीमा अपायक पर्ने भन्दै त्यस भित्रको कुनै पायक पर्ने अर्को स्थानमा राखिनु पर्ने नत्र आन्दोलनमा उत्रिन बाध्य हुने चेतवानी त्यहाँ हिजो वसेको छलफलका सहभागीहरुले बताए ।
ईस्मारजस्थलको चाँपटारी धेरै गाविसका जनताका लागि अपायक हुन्छ , दर्लामचौरको नयाँपोखरा वा कुनै अर्को स्थानमा राख्ने निर्णय हस्तीचौर , दर्लामचौर , दोहली ईस्मारजस्थलका सवै राजनैतिक दल , वुद्धिजिवी र समाज सेवीहरुको सर्वपक्षिय बैठकले गरेको पत्रकार तिलक महतले जानकारी दिए । यो समाचार तयार पार्दा साँझको ४ वज्दै थियो ।
सोही वेला भित्रबाट वाहिर निस्केर बैठकको निर्णय सुनाउन थालेका निमित्त स्थानिय विकास अधिकारी पोखरेलले विरोधको सामना गर्नु प¥यो । उनले ४ नम्वर ईलाका लगायत विवाद निस्कीएका कुराहरुलाई समधान गर्न उच्च स्तरिय विवाद समाधान समन्व्य समिति गठन भएको र आन्दोलनकारीबाट पनि ५ सदस्यीय वार्ता टोली गठन गर्न र अव छिट्टै तपाईहरु संग वार्ता गरिने जानकारी गराए ।
विवाद समधान समन्व्य समितिमा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादीका सहईञ्चार्ज तया पुर्व सभाषद सुदर्शन बराल , सोही पार्टीका जिल्ला संयोजक विरबहादुर कार्की र राप्रपा नेपालबाट अनिल कक्षपति रहेको जानकारी गराउन साथ विराधको नारा घन्कीन थाले । हाम्रो आँखामा छारो हाल्ने प्रयास हो , हामी वार्तामा बस्दैनौ भन्दै आन्दोलनकारीका हुल भित्र पस्न थाल्यो ।
सुरक्षाकर्मीले रोक्ने प्रयास गरिरहेका थिए । तर पनि नारावाजी चलिनै रह्यो । विवाध समधान समन्व्य समिति माग पुरा गर्नु भन्दा पनि भरसक आन्दोलनकारीलाई ‘कन्भीस’ गर्ने गरी बनेको आरोप आन्दोलनकारी पक्षले लगाएको छ । अहिले पानको पात माग पुरा नभए छोडिन्न दिन र रात’ वोलको गित गाएर नाचिदै छ ।

Comments

comments

Comments are closed.