३३ बर्षमा २५ औ साधारण सभा, समाजदेखि मनसम्म बाणिज्य संघ

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, फागुन २८ । गुल्मी उद्योग वाणिज्य संघको पच्चीसौ साधारण सभाका सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । साधरण सभाको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगानाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ढुङगानाले व्यापरीहरुले सवै नाफालाई भन्दा सेवालाई पनि जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले व्यावसायीक म¥यादालाई दृष्टिगत गर्दै गुणस्तरयुक्त वस्तु बिक्री वितरणमा लाग्न आग्रह गर्नुभयो । साथै यो अवधीमा वाणिज्य संघले गरेका रचनात्मक एवं सृजनात्मक सामाजिक कामहरुको पनि प्रसंसा गर्नुभयो । कार्यक्रममा वाणिज्य संघका महासचिव तारा भुसालले कार्यसमितिको अहिले सम्म गरेका कार्यहरुको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साथै संघका कोषाध्यक्ष दुर्गा चन्द्र बोहोराले आर्थिक बर्ष ०७२÷०७३ को मसान्त सम्मको आयव व्यय २७ लाख ५५ हजार ७० र ०७३÷०७४ को अनुमानित २४ लाख ८५ हजार २ सय २ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरू, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, शाखा कार्यालयका शाखा अध्यक्षहरु, पत्रकार लगायतको सहभागीता रहेको थियो । २०४० सालमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सामाजिक संस्थाको रुपमा दर्ता भएको यस संघले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्राप्त गरी ३३ वर्षको अवधि पूरा गरेको जनाएको छ ।
अहिलेको कार्यसमिति २०७२ पौष १८ गते निर्वाचित भएको थियो । कार्यसमितिले यो १ वर्षलाई निर्माण वर्ष तथा सहयोग वर्षको रुपमा लिएको महासचिव तारा भुसाले बताए । भर्खर निर्माण गरेको बहुउद्देश्यीय सभा हल, गुल्मीकै धरोहर रेसुगांमा पौराणिक २७ धारा निर्माण, संघको छतमा निर्माण भएको मिटिगंहल, चिदिचौरमा मञ्च एवं बालउद्यान निर्माण तथा भवन पछाडि निर्माण थालिएको पक्की पुललाई प्रमुख कामको रुपमा लिएको भुसालले बताए । त्यस्तै वाणिज्य संघले बडागाउको दजाकोट तथा गुल्मी जिल्लाका बिभिन्न स्थानमा भएको भिषण आगलागी र बर्षाको याममा भएको बाढिपहिरो लगायत बिपदका घटनामा पनि थुप्रै सहयोग गर्दै आएको छ । संघमा हाल सम्म ३ सय ६१ जना आजिवन तथा साधारण सदस्यहरु रहेको बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले बताउनुभयो । जसमा १ सय ७४ जना आजिवन सदस्य र १ सय ८७ साधारण सदस्य रहेका छन । सदस्यता अभिवृद्धिका लागि प्रत्येक सदस्यहरुले एक जना थप गर्नका पनि उहाँले आग्रह गर्नुभयो ।

अघिल्लो साधारण सभादेखि अहिलेसम्मका काम
२०७३ जेष्ठ ३ गते नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा गुल्मी उद्योग वाणिज्य संघको आतिथ्यतामा लुम्विनि अञ्चलका एक गाँउ एक उत्पादन तथा एक जिल्ला एक उत्पादन कार्यक्रम लागु भएका जिल्लाहरुमा आ.व २०७१÷०७२ को कार्यक्रम प्रगती समिक्षा तथा भावि योजनाहरुको विषयमा गुल्मी जिल्लाको पवित्रधाम रेसुङ्गामा अन्तरक्रिया कार्यक्रम सम्पन्न । गुल्मी उद्योग वाणिज्य संघ वामी शाखालाई वामी निवासी सुन्दर प्रधानबाट उहाँको आमाको नाममा रहेको ०–३–०२ क्षेत्रफल जग्गा प्रदान । मजुवामा यस संघको शाखा कार्यालय स्थापना एवं उद्घाटन गरिएको थियो । विधान दिवस को अवसरमा असोज ३ गते लाकुरी मञ्चमा संघको आयोजनामा दिप प्रजवलन कार्यक्रम सम्पन्न । पाल्पा उद्योग वाणिज्य संघको ६० औं वार्षिक साधारण सभा तथा अधिवेशनमा संघका अध्यक्ष लगायत पदाधिकारी, सदस्यहरुको सहभागिता ।
संघको संयोजनमा गुल्मी जिल्लाका साना करदातालाई लक्षित गरि आ.व २०७२÷०७३ को आयकर बुझाउनको लागि भदौ १ गते देखी असोज १ गते सम्म यस संघले समन्वयकारि भूमिका निर्वाहा गरिएको थियो । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय भैरहवा संग समन्वय गरी डोर टोली खटाई यस संघको कार्यक्षेत्र भित्रका उद्योगी,व्यपारी एवं व्यवसायीहरुलाई नापतौलका लागि बुटवल जाने बाध्यता समाधान भएको थियो । नेपाल सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनका विरुद्ध यस जिल्लामा मिति २०७३ मंसिर १४ गते देखी संचालित विभिन्न आन्दोलनका कार्यक्रममा सदरमुकाम लगाएत जिल्लाका अन्य व्यापारीक केन्द्रहरुमा यस संघ एवं शाखाहरुले व्यापारीहरुलाई परेको असर एवं पिरमर्काको विषयमा आन्दोलन परिचालन समिति संग जिल्ला स्थित व्यापारीहरुको भेला एवं छलफल गर्दै अग्रणि भुमिका निर्वाहा गरेका थियौं ।
जिल्ला स्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु संग उहाँहरुकै कार्यकक्ष र यस संघमा भेटघाट एवं परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको थियो । कृषि विकासका लागि अन्तर्राष्ट्रिय सहयोग क्ष्ँब्म् को अनुदान तथा ऋण सहयोग एवं नेपाल सरकार कृषि विकास मन्त्रालयको लगानी र नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि उद्यम केन्द्रसंगको साझेदारीमा किसानका लागि उन्नत बीउविजन कार्यक्रम अन्तर्गत यस संघमा क्ष्लखभकतmभलत धष्लमयध स्थापना भई आयोजनाको लक्ष्य, उद्देश्य र कृयाकलाप बमोजिम कार्यक्रम सञ्चालन भैरहेको । यस संघबाट उपलब्ध गराउने पानं वापत लिईने सेवा शूल्क आयमा मूख्य श्रोतको रुपमा रहेको छ । यस वर्ष जिल्लाका ४९० व्यपारीहरु एवं संघ संस्थालाई पानं उपलब्ध गराई बुटवल जान एवं झन्झटवाट मुक्त गराईएको छ ।

मनमनमा पुगेको आर्थिक सहयोग

गुल्मी उद्योग बाणिज्य संघले रचनात्मक काम मात्र होइन धेरै ठाउँमा आर्थिक सहयोग समेत प्रदान गरेको छ । गुल्मी जिल्लामा अत्यावश्यक रुपमा रहेको रक्त संञ्चार केन्द्र स्थापनाका लागी नेपाल रेडक्रस सोसाइटी गुल्मीलाई १ लाख ५० हजार प्रदान गरेको थियो । गुल्मी जिल्ला अदालतको भवन उद्घाटन गर्नको लागी २० हजार, जिल्ला खेलकुद विकास समिति गुल्मीलाई सातौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागि १५ हजार, वाणिज्य दिवस २०७२ को अवसरमा चैत्र २७ गते जनज्योति उच्च मा.वि.मा अध्यनरत दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग सामाग्री प्रदान, २०७३ बैशाख १८ गते गुल्मी वडागाउ गा.वि.स दजाकोटमा भएको भिषण आगलागिमा परि पिडित परिवारलाई १ लाख ६३ हजार बराबरको सामाग्री प्रदान गरेको थियो ।

वडागाउ दजाकोटमा लागेको आगलागीमा परि सपना स्टोर्सको गोदाममा भएको सवै सामान जलेर नष्ट भएका उक्त पसलका प्रोप्राईटरलाई १० हजार बरावरको जिन्सी सामान सहयोग प्रदान, २०७३ श्रावण ९, १० र ११ गते आएको अविरल वर्षाको कारणले गुल्मी जिल्लाका विभिन्न स्थानमा वाढि पहिरोबाट भएको मानविय एवं भौतिक क्षेती प्रति दुःख व्यक्त गर्दै विपत्तमा परेका मानिसहरुलाई राहात स्वरुप जिल्ला प्रसासन कार्यालय मार्फत रु १ लाख, रेसुङ्गा संरक्षण समितिलाई १५ थान प्लाष्टिक कुर्चि तथा संघमा भएका भान्सा सम्वन्धी भाडाहरु प्रदान, नेपाल सरकार द्धारा ५ नं. प्रदेशका पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरुलाई टुक्राउने गरि संविधान सभामा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरुद्धमा भएको आन्दोलनलाई २५ हजार सहयोग प्रदान, रेसुङ्गा बहुमुखी क्याम्पसद्धारा संचालीत महायज्ञमा बोल गरिएको रकम मध्ये यस आ.व.मा १ लाख र दुवै मृगौला काम नलाग्ने गरि विग्रिएका गुल्मी जिल्ला वाग्ला गाविस वडा नं.७ निवासी सुर्य घिमीरे लाई रु १० हजार बाणिज्य संघले प्रदान गरेको छ ।

केहि महत्वपुर्ण सामाजिक काम

रेसुङ्गा पोखरी क्षेत्रमा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मी र गुल्मी उद्योग वाणिज्य संघको सहकार्यमा संघमा गठित निर्माण समितिद्धारा करीव सात लाख को लगानीमा २७ धारा एवं मैरी निर्माण कार्य सम्पन्न भएको छ । त्यस्तै यसै आर्थिक वर्षमा रेसुङ्गा नगरपालिकाबाट निर्माण हुने ३०÷७० लागत सहभागिता कार्यक्रमबाट गुल्मी उद्योग वाणिज्य संघले धरौटि वापत १५ लाख र रेसुङ्गा नगरपालिकाको ३५ लाख को लगानीमा वहुउद्देश्यीय सभाहलमा आउने पक्की पुल निर्माण कार्य भैरहेको पनि जानकारी गराउर्दछु । अनाथ, असाह्य, अपाङ्ग तथा दैविक प्रकोप पिडित व्यक्तिहरुलाई सहयोग गर्ने हेतुले विभिन्न व्यक्ति व्यवसायिहरुबाट कपडा तथा आर्थिक संकलन गरी संघको मातहतमा संचालन गरिएको क्लोथ बैंक बाट विभिन्न जिल्लाका करिव ३ सय ५० जना भन्दा बढि व्यक्तिहरुलाई लत्ताकपडा वित्तरण गरिएको छ ।
हाल २ सय ५० जना भन्दा बढि व्यक्तिहरुलाई बितरण गर्न पुग्ने लत्ताकपडा मौज्दात रहेको बाणिज्य संघले जनाएको छ । यसैबिच गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष राम प्रसाद पन्थीको अध्यक्षतामा गठित चिदिचौर मञ्च निर्माण उपभोक्ता समिति र शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पा र रेसुङ्गा नगरपालिकाको सहयोगमा करीव रु त्रिचालिस लाख बराबरको लागतमा चिदिचौरमा मञ्च निर्माण, क्रियापत्री एवं रेसुङ्गा नगरपालिकाको सहयोगमा करिव नौ लाखको लागतमा बालउद्यान निर्माण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रबाट आर्थिक वर्ष २०७३÷०७४ मा संघद्धारा संचालन गरीने एक गाँउ एक उत्पादन कार्यक्रम स्विकृत भई गुल्मी जिल्ला दिगाम गाविस वडा नं.४ मिनामकोट भन्ने ठाँउमा कफि खेति गर्नको लागि उक्त स्थानलाई छनौट गरिएको छ । यस आ.व.मा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रबाट ५ लाख वजेट विनियोजन भई एक गाँउ एक उत्पादन जिल्ला कार्यान्वयन समिति (गुल्मी कफि कार्यक्रम )संचालन भएको छ ।

आगामी वर्ष गर्नुपर्ने कार्यहरु

निर्माणाधिन गुल्मी उद्योग वाणिज्य संघ बहुउद्देसीय सभाभवन निर्माण कार्य सम्पन्न गर्ने, २०७४ सालमा तेस्रो गुल्मी महोत्सवको आयोजना गर्ने, क्लोथ बैंकलाई व्यवस्थीत र बिस्तार गर्ने, एक गाँउ एक उत्पादन कार्यक्रमलाई एक जिल्ला एक उत्पादन कार्यक्रममा लैजाने, गुल्मी जिल्लाको ३ नं. क्षेत्रको ब्यापारिक क्षेत्रमा कम्तीमा १ शाखाकार्यालय बिस्तार गर्ने लगायतका कार्यक्रमहरु गर्ने बाणिज्य संघले जनाएको छ ।

Comments

comments

Comments are closed.