२ वटै किड्नी फेल भएकी गुल्मेली चेलीलाई बेलायतबाट ३ लाख २७ हजार रुपैँया सहयोग

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । २ वटै मृगौला फेल भएर उपचाररत गुल्मीकी सितालाई बेलायतबासी नेपालीहरुले सहयोग गरेका छन् । गुल्मी हाडहाडे ६ बस्ने २६ बर्षिया सीता काला थापा मगरको जिवन बचाऊको निम्ती बेलायतबासी नेपालीहरुबाट तिनलाख सताईस हजार छ सय सतासी रूपैँया नब्बे पैसा सहयोग गरेका हुन् ।
गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष हाल सल्लाहाकार साथै प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख संयोजक तथा ग्रेटर रशमोर नेपाली कम्युनीतीका अध्यक्ष ओमप्रसाद थापाको पहलमा सो रकम संकलन गरिएको हो । गुल्मी जिल्ला समाज युके र नेपाल मगर संघ युकेका सदस्यहरू गरी जम्मा ११२ जना सहयोगदाताहरुबाट सो रकम संकलन गरी समाजका उपाध्यक्ष टोप बहादुर पल्लीले १७ अक्टुवरमा ललितपुर स्थित बिएफबिएस रेडियोका स्टेसन म्यानेजर डाईरेक्टर बिनोदध्वज खड्का रोहावारमा बिरामी सीता काला थापा की श्रीमान सन्तोष पुनलाई हस्तान्तरण गर्नुभएको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका उपाअध्यक्ष टोपबहादुर पल्लीले बेलायतबासी गुल्मीलीहरूको तर्फबाट सिता कालाको सिघ्र स्वाथ्य लाभको कामना गर्नुभएको थियो । त्यस्तै बिरामी सीता काला थापा की श्रीमान सन्तोष पुनले यस पुन्यकार्यको निम्ती पहलकदमी थाल्नुहुने गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष तथा हालका सल्लाहाकार ओम प्रसाद थापा सहित सबै सहयोगदाता दाताहरूलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो।
gulmi-news-uk

gulmi-news-uk

gulmi-news-uk

Comments

comments

Comments are closed.