२५ वर्ष देखि जम्मा तिन लाखको भरमा जिल्ला अस्पताल

  •  
  •  
  •  
  •  
  •  

‘केमिकल किन्ने पनि पैसा पुग्दैन औषधी कहाँबाट पुराऔं ?’
प्रेम सुनार
गुल्मी , माघ–२० । वार्षिक तिन लाख वजेटले सामन्य एटटा सामाजिक संस्थाा चलाउन मुस्कील पर्दछ तर दैनिक सयौ विरामी परिक्षण र उपचार गर्नु पर्ने जिल्ला अस्पताल जम्मा वार्षिक् तिन लाख वजेटले कसरी चलेको होला ? आफै अनुमान गरौं ।

सुन्दा अचम्म लाग्ला गुल्मीको जिल्ला अस्पताल विगत २५ वर्ष देखि वार्षिक तिन लाख रुपैयाँको भरमा सञ्चालन हुँदै आएको छ । यस २५ वर्षको अवधीमा दोव्वर जस्तै जन संख्या बृद्धि भयो ।

त्यही अनुसार अस्पतालमा विरामीकोको चाँप पनि बढ्दै गयो र सरकारबाट निशुल्क औषधी उपचारको नारा पनि चर्किदै गयो । तर नारा जति चर्किए पनि वजेट भने २५ वर्ष अघि जति थियो अहिले पनि त्यति नै रहेको छ ।

२०४९ साल देखि जिल्ल्ला अस्पताल गुल्मीमा कार्यरत कृष्णप्रसाद श्रेष्ठ भन्छन् म त्यति वेला छँदा पनि वार्षिक तिन लाख बजेट थियो , अहिले पनि ३ लाख नै छ । साँच्ची भन्ने हो भने त्यो रकमले ल्यावमा प्रयोग हुने केमिकल किन्न पनि पैसा पुग्दैन , औषधी कहाँबाट पुराऔं । ’

जिल्ला अस्पताल गुल्मीका सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीले तिन लाख रकमले पाँच दिनका लागि पनि औषधी किन्न पुग्दैन । सेवाग्राहीले सरकारले सुचित गरेको निशुल्क औषधी खोज्नु स्वभाविकै हो तर त्यो निशुल्क औषधी हामीलाई न केन्द्रले पठाउ छ न त क्षेत्रले नै ।

न त सरकारले औषधी किन्न बेग्लै रकम छुटाउँछ , बढो मुस्कीलले अस्पताल सञ्चालन भएको छ । २०५० साल सम्म जिल्ला जनस्वास्थ्य कार्याल र अस्पताल छुट्टा छुट्टै थिए । लेखापाल श्रेष्ठका अनुसार २०५० साल देखि सरकारले जन स्वास्थ्य कार्यालय अन्तर्गत अस्पताल सञ्चालन ग¥यो ।

फेरी २०७० साल देखि अलग अलग बनायो । अहिले जिल्ला अस्पताल विकास समिति मार्फत सञ्चालन हुन्छ । समितिले दाता संग चन्दा समेत माग्नु पर्ने अवस्था रहेको छ । मेडिकल सुपरिटेण्डन डाक्टर चौधरी भन्छन् औषधीस् नभएर कहिले जनस्वास्थ्य संग त कहिले समिति संग अन्नय विनय गर्दछौं ।

सरकाले देशभरका २२ अस्पताल सहित यस अस्पताललाई पनि ५० शैयाको अस्पतालमा स्तरबृद्धि ग¥यो तर न औषधी दियो न त वार्षिक वजेट मैं बृद्धि ग¥यो । १५ वेडको हुँदा पनि ३ लाख वजेट ५० वेडको हुँदा पनि ३ लाख मात्रै छुट्टाईन्छ भने भन्नुस कसरी अस्पताल चलेको होला आफै अनुमान गर्नुहोस् ।

गुल्मी जिल्लावासी मात्र होईन छिमेकी जिल्ला अर्घाखाँची , वाग्लुङ्ग र प्युठान सम्मका विरामी यस अस्पतालमा आउछन डाक्टर चौधरीले भने दैनिक सरदर १ सय ५० देखि २ सय जाना सम्म विरामीको यहाँ भिड लाग्ने गर्दछ ।

विरामीको अवस्था यस्तो र वजेट २० वर्ष देखि जतिको त्यति छ यस प्रति सञ्चार माध्यमले सरकारको ध्यानकृष्ट गराई दिनु प¥यो, डाक्टर चौधरीले भने । २०३० सालमा स्थापना भएको जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको दरवन्दी जति भए पनि हाँजिर भने विरलै हुने गर्दछन् ।

डाक्टरको दरवन्दी ११ भएका जम्मा ३
डाक्टर चौधरीका अनुसार ५० शैयाको स्तरनोत्ती भएको जिल्ला अस्पताल तम्घासमा डाक्टरको दरवन्दी ११ जनाको छ । तर उनि सहित जम्मा तिन जना डाक्टर मात्रै रहेका छन् ।

ति मध्ये डाक्टर सिर्जना पौड्याल यहि रहेकी छिन भने डाक्टर ज्ञानहरी मरासीनी एक महिना देखि विदामा रहेकी छिन् । त्यस्तै ५९ जना नर्सिङ्ग स्टाफ दरवन्दी रहेकोमा जम्मा ३३ जना मात्रै रहेको डाक्टर चौधरीले बताए ।

राजनैतिक नियुक्ती भने तत्कालै
सरकारले यस अस्पतालको यतिका वर्ष देखि डाक्टर र अन्य स्वास्थ्यकर्मीको रिक्त पदपुर्ति गर्न वास्तै नगरे पनि कांग्रेस नेता गगन थापा स्वास्थ्य मन्त्री हुन साथ अस्पताल विकास समितिको अध्यक्षमा भने राजनैतिक नियुक्त गरी सकेको छ । तम्घास साहुटोलका कांग्रेस कार्यकर्ता विनोद पाण्डेलाई जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ती गरिएको हो । वर्षऔं देखि जिल्ला अस्पताल जनशक्ती अभावको चपेटामा रहेको छ , विगतमा कैयौं डाक्टर अन्य स्वास्थ्यर्की दरवन्दी यहाँको खाने पायक मिलाएर जागिर भने अन्यत्रै खाने गर्दा पनि सरकारको ध्यान गएन् । कगजमा ५० शैयाको अस्पताल सम्वोधन भए पनि त्यसलाई आवस्यक जनशक्ती र औषधी लगायतका कुराहरु नदिईएकोले ‘डाडुमा पकाउने खड्करोले ’वाँड्ने कथा जस्तै अस्पतालको अवस्था रहेको डाक्टर चौधरीको भनाईले स्पष्ट पारेको छ ।

Comments

comments

Comments are closed.