२० दिन देखि अवरुद्ध नेपाल टेलिकमको टावर आजबाट सञ्चालनमा

  •  
  •  
  •  
  •  
  •  

बुर्तिबाङमा सञ्चालित आरसीजी लघुजलविद्युत परियोजना भाद्र १५ सम्म सञ्चालनमा आउने
सागर भण्डारी,
बुर्तिबाङ श्रावण ३० । पश्चिम बागलुङका विभिन्न स्थानमा विगत २० दिन देखि अवरुद्ध नेपाल टेलिकमको टावर आजबाट पुन सञ्चालनमा आएको छ ।
गत श्रावण १० गते परेको अविरल वर्षा सगैं खोलामा आएका बाढीले दर्जनौँ लघुजलविद्युत आयोजनामा क्षति पुर्याएसगैं अवरुद्ध बनेको नेपाल टेलिकमको टावर पुन आजबाट सञ्चालनमा आएको हो । स्थानीय लघुजविद्युत आयोजनाबाट सञ्चालित नेपाल टेलिकमको टावर उक्त आयोजना बाढीले क्षति पुर्यासगैं अवरुद्ध बनेपछि केही समय सञ्चालनमा रहेपनि लामो समय बन्द रहेको थियो ।
टावर सञ्चालनको लागि टेलिकमले वैकल्पिक रुपमा सोलार र जेनेरेटर जडान गरेपछि टावर सञ्चालनमा आएको हो । बुर्तिबाङको अर्नाकोट र बाट उक्त टावर सञ्चालनमा रहेको छ । टावर अवरुद्ध भएसगैं जिल्लाको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ सगैं आसपासका अधिकारीचौर, बोबाङ,खुगां, बोगांदोभान, तमान, देविस्थान, बोहोरागाउँ, निसी लगायतका गाउँ विकास समितिका नेपाल टेलिकमको सेवा प्रयोगकर्ताहरु मर्कामा परेका थिए । भने एनसेल नेटवर्कको टावर सञ्चालनमा पनि नरहेका तमान, र बोगांदोभान लगायतका गाउँ विकास समितिका केही क्षेत्रका बासीन्दाहरु सञ्चारवीहिन भएका थिए ।
लमो समय पछि नमस्ते, स्काई फोन तथा ल्याण्डलाईन सेवा सञ्चालनमा आएपछि स्थानीयहरु पहिलो पटक नेपाल टेलिकमको टावर आएको जस्तै खुसीयालीमा रहेका छन् । एनसेलको सेवा केही महगों भएको भन्ने गुनासो सुनीईरहेको बेला टेलिकमको टावर सञ्चालनमा आएसगैं केही राहत हुने स्थानीयले विश्वास लिएका छन् ।
यसैबीच नेपाल टेलिकमको टावर सञ्चालनमा आएपनि विद्युत आयोजनाहरु बन्द हुँदा स्थानीयलाई मोवाईल चार्ज गर्न भने समस्या सिर्जना भएको छ । अहिले स्थानीय केही ईलेक्ट्रोनिक्स पसलहरुमा मोवाईलमा फुल चार्ज गरेको ४० देखि ५० रुपैयाँ सम्म तिर्न स्थानीयहरु बाध्य भएका छन् । बुर्तिबाङ बजारमा विद्युत अवरुद्ध भएसगै जेनेरेटरको आयात निकै बढेको छ । अहिले विद्युतबाट सञ्चालनमा हुने आफ्ना उद्योग तथा व्यवसायहरु सञ्चालनार्थ बजारका अधिकाशं व्यापारीहरुले जेनेरेटरको प्रयोग गर्न थालेका छन् । भने समुहमा मिलेर जेनेरेटरको विद्युत उपयोग गरी अध्यारो छल्ने प्रयास गरीरहेका छन् ।
यता भुजीखोलामा आएको बाढीले बुर्तिबाङमा सञ्चालित आर.सी.जी लघुजलविद्युत परियोजना भने भाद्र १५ सम्म सञ्चालनमा आउने भएको छ । बाढीले नहर सगैं पावर हाउसको मेसिनमा पनि क्षति पुर्याएको थियो । ३५ किलोवाटको उक्त परियोजना सञ्चालनको लागी अहिले कुलो मर्मत गर्ने कार्य चलिरहेको र योजना अनुसार काम सम्पन्न भएमा भाद्र १५ सम्म विद्युत पुन सञ्चालनमा आउने परियोजनाका सञ्चालक चित्र बहादुर भण्डारीले जानकारी दिनुभयो ।
बाढीले क्षति पुर्याएको अधिकारीचौर भिरखोरको झोलुगें पुल स्थानीयले जनश्रमदान गरी मर्मत गरे ।।
सागर भण्डारी,बुर्तिबाङ श्रावण ३० । भुजी खोलामा आएको बाढीले गाउमाँ आवतजावत गर्ने झोलुगें पुलमा क्षति पुर्याएपछि समस्यामा परेका अधिकारीचौर वडा नं ५ का स्थानीयहरुले आफैले जनश्रमदान गरी पुलको मर्मत गरी सञ्चालनमा ल्याएका छन् ।
गाविसको वडा नं ५ स्थित खोरिया, थाम्का, तलेत्रा र सिरिमोडका झण्डै ६० घरधुरी आवतजावत गर्ने उक्त पुलमा क्षति पुगे सगैं स्थानीयहरु खोलावारी खोलापारी जान पनि पाएका थिएनन् । उक्त ठाउँका बासिन्दाले आफैले २ दिन सम्म श्रमदान गरी पुलको मर्मत गरेपछि अहिले ढोरपाटनमा लाग्ने जनैपूर्णिमामा मेला भर्न जानेहरुका लागि समेत सहज भएको छ । बाढीले पुलको अन्य भाग बगाएपनि लुठ्ठा भने नबगाएकोले उनीहरुले मर्मत गर्नु पहिले उक्त लुठा मार्फत वारीपारी गर्ने गरेको बताएका छन् ।
यसैबीच सोही वडाको तुलानेमा रहेको तुलाने माध्यमिक विद्यालयमा पनि उनीहरुले श्रमदान गरी विद्यालय सञ्चालन गर्ने भएका छन् । बाढीले विद्यालयको ३ कोठे भवन बगाएपछि विद्यार्थीहरुलाई खुल्ला चौरमा पढाउनुपर्ने बाध्यताका बाबजुद स्थानीयहरुले मर्मत गरी कक्षा कोठामै सञ्चालन गर्ने बातावरण बनाउन लागेको त्यहाँबाट ज्ञान बहादुर श्रीपालीले जानकारी दिनुभयो ।
१ सय ९८ जना विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयको बाढीले बगाएको भवन निर्माणका लागि जनश्रमदानको काम सुरु गरिसेकेको पनि उहाँले जानकारी दिनुभयो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *