१ सय ३६ किलोमिटर कालीगण्डकी करिडोरकोे ट्रयाक खोलियो

  •  
  •  
  •  
  •  
  •  

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको सडक आयोजना अन्तर्गतको मुस्ताङ खण्डको ट्रयाक खोलिएको छ ।

दक्षिण सीमा सुनौलीदेखि उत्तरी लोमान्थाङको कोरला जोड्ने ३ सय ५२ किलोमिटर लामो सडक मध्ये मुस्ताङ खण्डमा पर्ने १ सय ३६ किलोमिटर सडकको ट्रयाक बनाइएको हो ।
मुस्ताङको घाँसादेखि कोरलासम्म सडकको ट्रयाक खुलेपछि यातायातका साधन सञ्चालन हुन थालेको जिल्ला विकास समिति मुस्ताङले जनाएको छ ।
मुस्ताङको कागबेनीदेखि झैते खण्डको ४५ किलोमिटर सडकको ट्रयाक यसै वर्ष खोलिएको हो भने अरु तीन खण्डको ट्रयाक यसअघिनै बनाइसकिएको थियो ।
kaligandaki track
जिविस मुस्ताङअन्तर्गतको ग्रामिण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाका प्रमुख चन्द्रप्रकाश सुवेदीले कागबेनी झैते खण्डसँगै करिडोरको मुस्ताङ खण्डमा ट्रयाक खोल्ने काम सकिएको जानकारी दिए ।
घाँसादेखि जोमसोमसम्मको ३८ किलोमिटर सडक ट्रयाक विसं २०६४ सालमा नेपाली सेनाले खोलेको थियो भने हाल सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत मर्मत भइरहेको छ ।
कालीगण्डकी करिडोर नेपाललाई चीन र भारत जोड्ने सबैभन्दा छोटो दुरीको सडक आयोजना हो ।
मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, पाल्पा र नवलपरासी जिल्लाला समेट्ने आयोजनाले धार्मिक पर्यटन प्रवद्र्धन तथा यस क्षेत्रको आर्थिक विकासलगायतका गतिविधिमा सहज हुने अपेक्षा गरिएको छ ।

Comments

comments

Comments are closed.