१०५ वर्षमा प्रवेश गर्यो संस्कृत तथा साधारण माबी रिडि

  •  
  •  
  •  
  •  
  •  

रुरु नेटवर्क
रिडि, फाल्गुन ६ । श्री संस्कृत तथा साधारण माध्यमिक बिद्यालय स्थापनाको १०५ औ वर्षमा प्रवेश गरेको छ। यश अबसरमा बिद्यालयले हिजो विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाएको छ।

सभासद चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु,अभिभावक, शिक्षक,समाजसेवी, विभिन्न राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरु तथा उल्लेख संख्यामा स्थानीय वासिहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा उत्कृस्त बिद्यार्थिहरु लाई पुरस्कार बितरण, नृत्य प्रस्तुत गरिएको थियो भने प्रधानाध्यापक माधव ज्ञवालिले बिद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएका गुल्मी जिल्ला क्षेत्र नम्बर २ का सभासद चन्द्र भण्डारीले मन्तब्य दिनु हुँदै बिद्यालयको बिबिध तथा भौतिक बिकासका २० लाख रुपैया उपलब्ध गराइ दिने प्रतिबद्धता ब्यक्त गर्दै बिद्यालयको प्रगतिको कामना गर्नु भएको थियो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गुरु प्रसाद ज्ञवालिको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा बिद्यालय निरिक्षक बिष्णु प्रसाद ज्ञवाली रहनु भएको थियो।

Comments

comments

Comments are closed.