होटल व्यवसायी तालिम आज देखि सुरु

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, चैत्र–१८ । होटल व्यवसायी मन्च गुल्मीको आयोजनामा होटल तथा होमस्टे व्यवस्थापन एवं स्थानीय उत्पादन प्रर्बधन तालिम आजबाट गुल्मीको पुर्कोटदहमा शुरु भएको छ ।

तालिमको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि, पुर्व उर्जामन्त्रि गोकणराज विष्टले बाह््य तथा आन्तरीक पर्यटन भित्र्याउनुमा होटल व्यवसायीहरुको प्रमुख दायित्व रहेको बताएका थिए । गुल्मीमा पर्यटनका लागि राम्रा तथा सुविधा सम्पन्न होटलहरु सञ्चालनमा ल्याउनुका साथै स्थानीय परिकारहरुलाई प्रयोगमा ल्याउनु आवश्यक रहेको विष्टको धारणा थियो ।

कार्यक्रमका अध्यक्ष होटल व्यवसनयी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेल,विशेष अतिथि संस्थापक अध्यक्ष युवराज भण्डारी,,समाजसेवि छत्र बहादुर कुवँर लगायतको उपस्थिीति रहेको थियो ।

तालिममा धुर्कोट, वाग्ला, भनभने, पुर्कोटदह, म्यालपोखरी, मलागिरी अग्लुङ्ग, बाँचकटेरी र शिर्शेनीका करिब ३० होटल व्यवसायीहरुको सहभागिता रहेको छ । कार्यक्रमलाई रुरु रेसुङ्गा संरक्षण पर्यटन विकास समिति ,नेपाल पर्यटन बोड पोखरा,प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम पोखरा लगायतले सहयोग गरेका छन् । सोही प्रकारको तालिम आजै जिल्लाका पाँच स्थानमा उद्घाटन गरिएको छ । तिन दिन सम्म चल्नृ तालिम रिडी , चोरकाटे , भुवाचीदी , सिमलटारी, पुर्कोटदहमा सुरु भएको हो । पाँच वटै तालिमको समापन सदरमुकाम तम्घासमा आईतवार गर्ने जनाईएको छ ।

Comments

comments

Comments are closed.