हिजो सम्म गृहमन्त्रीको राजिनामा माग आज ठुलो सत्कार

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

राजनीति र त्यस भित्रको अनुशासनका पछाडी व्यक्तिगत आवेशले काम गर्दो रहेन छ भन्ने कुरा पनि आजको दृश्यले छर्लङ्ग पारेको छ । हिजो सम्म गृहमन्त्री राजिनामा दे…राजिनामा दे.. जस्ता उत्तेजित नारा लगाएर चर्को विरोध गरिरहेका उनकै कार्यकर्ताले आज उनि गुल्मी आउँदा उनैलाई भव्य स्वागत र सत्कार गरे ।
उनैका प्रहरीले लाठी र अश्रुग्याँस वर्षाएर भाँचिएका उनका कार्यकर्ताहरुको हातमा आज उनलाई स्वागत गर्ने खादा र फुलका मालाहरु थिए । भाडगाउँको वारीमा बनाईएको उनि ओर्लिने हेलिप्याडमा कुर्ने क्रममा वारीका केराउँ सकिनुको कारण पनि उनको स्वागतका लागि वेहद प्रतिक्षा को कारण थियो ।
गृहमन्त्री ओर्लिए लगत्तै उनले सोधे –‘के भएर हात यस्तो भएको हो ? जवाफमा काउले स्वर पार्दै भन्दै थिए –‘ आन्दोलनमा प्रहरीले लाठी वर्षाउँदा यस्तो भएको हो । त्यस पछि गृहमन्त्री र स्वागत गर्न वसेका कार्यकर्ता दुवै तर्फ मुस्कान खुस्कीयो । वुझेर पनि बुझ् पचाउने यो दुनियाँमा भन्नु नै के थियो र ?
स्वागत गर्न वस्नेहरुमा धेरै जना उनै गृहमन्त्रीका मान्छेहरुले लाठी वर्षाएर हात भाँचिएकाहरु देखिन्थे । सत्तारुढ दुवै दलका नेताहरु गृहमन्त्री लगायतका मन्त्री र नेताहरुको स्वागत गर्न पुगे पनि नेकपा एमालेले वहिष्कार गरेको थियो । उ स्वागत गर्न होईन् कालोझण्डा देखाउनमा आतुर थियो ।
त्यसबाट बचाउन ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । माथीबाटै भए पनि कालो झण्डा देखाउने सुरमा रहेका एमालले कार्यकर्ताहरु सदरमुकाम देखि उहि सम्मको सुरक्षा निकायले सफल हुन सकेनन् । जेहोस् कालोझण्डा खाने निश्चित जस्तै देखिएका गृहमन्त्री लगायतको टोेली ठुलो स्वागत खाएर फर्किकोमा बधाईकै पात्र बन्न पुगेको यहाँका एकदम स्वतन्त्र विश्लेषकहरुको विश्लेशण रहेको छ ।

जे देखियो त्यही लोखियो : कृष्ण छन्त्याल गुल्मीमैं भेटिए तर वाक्य फुटेन्
चुनाव जिते लगतै लामो समय देखि काठमाण्डौं तिरै हराएर जिल्लावासीबाट खोजि भईरहेका गुल्मी क्षेत्र नम्वर १ का सांसद कृष्णप्रसाद छन्त्याल आज मिती २०७३ साल पौष ६ गते दिउँसो गुल्मीकै एक स्थानमा भेटिएका छन् ।
उनी भेटिए लगत्तै खुशी हुँदै र हुर्रिदै–हुर्रिदै उनको कार्यकताहरु उनको अस्याट मेटाउन फुलमाला लिएर उनि भेटिएको स्थान रेसुङ्गा नगरपालिका ३ को भाँडगाउँ भन्ने स्थानमा पुगेका थिए ।
नेपाली सेनाको हेलिकप्टरबाट ओर्लेर भाँडगाउँमा कांग्रेस नेता चन्द्र केसीको पितृशोकमा शोक प्रकट गर्न आएका उनि कुनै विवाह पार्टीमा जस्तै निकै हँसिलो मुद्रामा भेटिदाँ कार्यकर्तामा हर्ष संगै विष्माद् पनि छाएको थियो ।
सवै भन्दा अगाडीको पंक्तिमा आएका गृहमन्त्री विमलेन्द्र निधी त्यो शोकाकुल परिवारको घर भित्र नछिर्दै कार्यकर्ताले हेलिप्याडमा लगाई दिएको फुलमाला निकालेर केसी परिवारलाई समावेदना दिन पुगेका थिए ।
उनि संगै आएका अरु मन्त्री, सांसद र अन्य सवै जनाले पनि माला निकालेर त्यो परिवारको जस्तै शोकाकुल मुद्रामा आशन गरेका थिए । हेलिप्याड देखि नेता केसीको घर भित्र पस्ने बेला सम्म मात्र होईन् , सांसद छन्त्याल कार्यक्रमको अन्तिम सम्म हाँसेको–हाँसै गर्ने र त्यो शोकाकुल परिवारको घरमा धेरै वेर सम्म माला लगाएर दुलाह जस्तै देखिने उनि मात्रै थिए ।
उनको त्यो हँसिलो हर्कत को दृश्य देखेर उनि शोक व्यक्त गर्न आएका हुन् की गिज्याउन आएका हुन् ? भनेर केहि मानिसहरुले खानेखुशी समेत गर्दै । सामन्य दुई तिन कक्षा पढेका वालवालिकाहरुले समेत वातवरण अनुसारको मानविय संवेदना मुहारमा प्रकट गर्नु जानेका हुन्छन् भने उनि जस्ता प्राध्यापक डाक्टरले कसरी मानविय संवेदनाको ख्याल नगरेर हरवखत मुहारमा मुस्कान र लामो हाँसो हाँसि रहँन सके होलान ? भनेर चकित परे त्यहाँ सहभागि मानिसहरु ।
यतिका दिन गुल्मीमा ५ नम्वर प्रदेश टुक्राउने प्रस्ताव विरुद्ध आन्दोलन भयो । यस प्रदेश अन्तर्गतका धेरै जिल्लाका चुनाव नजितेकै नेता नेतृहरु पनि जनभावनाको साथमा रहे । उनको एक शव्द पनि वाक्य फुटेन् । संयोगवस हेलिकप्टरमा आउने अवसर पाएका उनले त्यो सुनौलो अवसरलाई शक्तीमा वदलेर जनता प्रति भक्ती गर्छन कि भन्ने ठुलो आशा धेरैले गरेका थिए ।
तर ५ नम्वर प्रदेश होस् कि भारतको देश होस् उनलाई एक अवोध वालकलाई जस्तै भोकाएको वेला खाना पाए भयो, नभए रोई दिए भयो, घरमा के छ के छैन् मतलवै छैन् । धेरै वुढो भए पछि वाला पस्छ मानिस भनिन्छ । त्यस्तै कतै धेरै पढेर पनि मानिस वाल पस्छ वा दिमागी शक्ती गुमाउछ त होईन ? जस्तो लागेर पनि कतिपय मानिस सोच मग्न भएका थिए र छन् ।
प्राध्यापक डाक्टर भई सकेका माननिय छन्त्याल ज्युले ५ नम्वर प्रदेश आन्दोलनका क्रममा हात खुट्टा भाँचेका जनताबाट भोली फेरी कसरी भोट पाउलान् ? त्यसो त गएको चुनावमा पनि उनलाई भोट जनताले भन्दा ईस्वरले आकाशबाटै वर्षाएकी भन्ने आश्चर्य प्रकट पनि धेरैले गरेकै हुन् ।
आन्दोलनरत जनता विच वल्ल तल्ला भेटिएका सांसद छन्त्यालले जनताको संवेदना वुझ्न नसके पनि त्यस शोकाकुल परिवारको संवेदना त बुझ्नु पर्दथ्यो नि होईन र ? जसरी एउटा सुस्त मनस्थितीको वालक हर्ष–खुशी वा विवाह पार्टी होस् कि मोरो परेको घर परिवारका सामु होस् एकानास हाँसेको हाँसै गर्छ त्यस्तै गरे सांसद छन्त्याल पनि ।
खैर, हाल सम्म मौन अर्की सांसद कान्छी दिदीले ५ नम्वर प्रदेशका वारेमा आज भने वाक्य फुटाईन् । उनले भने फुटाएनन् । जेहोस् हराएको मान्छे लामो समय सम्म नभेटिदा जति पिडा हुन्छ र उसको आफन्तजनले भन्छ लास भेटिए पनि मन कति शान्त हुन्थ्यो ?
हुन पनि धेरै लामो समय सम्म घरबाट वेखवर भएको मान्छेको शव फेला परे पनि पिडा कम हुन्छ आफन्तजनको । ठिक त्यस्तै सांसद छन्त्यालको ५ नम्वर प्रदेशको विषयमा वाक्य नफुटे पनि उनि गुल्मीमा लामो समय पछि भेटिएकोमा उनि संगको लामो ग्यावको पिडा आधा कम गरेका छन् उनका प्रियजनताले ।
उनको असन्तुष्ट यहाँका जनता संग वाक्य फुटाउने ठुलो मौका थियो आज । न सायद त्यो मौका नै अन्तिम मौका हुन सक्छ उनका लागि । गृहमन्त्री सहित कांग्रेसका त्यतिका मन्त्री र नेताहरु समावेदना दिन आउनुको चुरो कुरो वुझेर अर्का सांसद चन्द्र भण्डारी नआएको पक्कै हो ।
कि त्यसै गरेको भए हुन्थ्यो । नत्र जनताको विपक्षमा उभिने नेतालाई उनिहरुकै करवाट किनिएको हेलकप्टर र अन्य सरकारी स्ुविधामा व्यक्तिगत काम गर्न र ईष्ट राख्न पाउने अधिकार छैन भन्ने मेरो बुझाई हो ।
एक आफन्तले अर्को आफन्तको मन राख्ने काम व्यक्तिगत नै हो । यस्ता कार्यमा राज्य विरुद्ध जनताले आवाज उठाउन पनि जरुरी छ । एक लाख रुपैयाँ भए नवजिवन पाउने विरामी सर्वसाधरण मृत्यु पुकार्न बाध्य छन् । तर नेताहरु यसरी निजी काममा हेलिकप्टर यात्रा र सुरक्षा निकायको जनशक्ती सहित लाखौ रुपैयाँ एकै छिनमा खर्चिन्छन् ।
यो वर्तमान सरकार मात्र होईन् , कुनै पनि दलले सरकार चलाओस् विलासी राज्यलाई निरन्तरता दिएकै छ । तिनै विलासी राज्यका विलासी नेता बनेर जनता विर्सेका हुन सक्छन सांसद कृष्ण छन्त्याल ।
यसर्थ उनि प्रति अव अपेक्षा नगरौं । उनले पनि सम्भवत गुल्मीका जनताबाट त परै जाओस् यहाँको काग्रेसबाट समेत अपेक्षा नगर्दा हुन्छ होला । माननिय ज्यु शोकाकुल घरमा विवाह पार्टी जस्तो देख्नु , देखिनु भए झै , अन्यथा नसोच्नु होला कि यो समाचार होईन् ,मेरो विचार र तपाई प्रतिको व्याङ्ग हो , यस्तो गर्ने अधिकार हरेक नागरिक संग हुन्छ नै ।

Comments

comments

Comments are closed.