हाम्रो प्रतिष्पर्धी रेसुङ्गा नगरपालिकामा कोही हुन सक्दैन: उम्मेदवार श्रेष्ठ

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, जेठ २९ । नेपाली कांग्रेस गुल्मीका सभापती तथा रेसुङ्गा नगरपालिकाका मेयर पदका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले आफुहरुको प्रतिष्पर्धी रेसुङ्गा नगरपालिकामा कोही हुन नसक्ने दावी गरे । नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय विपि स्मृति भवनको सभाहलमा आयोजित घोषणा सभालाई सम्वोधन गर्दै श्रेष्ठले आफुहरुको प्रतिष्पर्धा अरु कसैसंग हुन नसक्ने र यहाँको गरिवी र परिवर्तन संग रहेको श्रेष्ठले बताए । सभामा विपक्षी उमेदवारहरुले शिद्धान्त जित्न नसकेर कतिपय जनताको घर घरमा विभिन्न वस्तु र सामग्री वितरण गर्न थालेको आरोप समेत लगाए ।

नेपाली कांग्रेस गुल्मीले रेसुङ्गा नगरपालिकामा आफ्ना उम्मेदवारहरुको समेत घोषणा गरेको छ । कांग्रेसले मेयर पदको उमेदवारमा पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र उपमेयरमा अमृतादेवि कुँवरलाई उम्मेदवार घोषणा गरेको हो । त्यस्तै वडा नम्वर १ कोे वडा अध्यक्षमा अखिलेश्वरप्रसाद पाण्डेलाई उमेदवार बनाएको छ ।

सवै वडाको प्यानल सहिच वडा अध्यक्षहरुमा वडा नम्वर २ मा उदयबहादुर थापा, वडा नम्वर ३ मा थम्मनबहादुर केसी, वडा नम्वर ४ मा लिलाधर आचार्य, वडा नम्वर ५ मा हरिप्रसाद शर्मा खनालाई उमेदवार चयन गरेको छ ।
nepali congress gulmiा छन् ।

वडा नम्वर १० मा जयप्रसाद अर्यालय, वडा नम्वर ११ मा डिलबहादुर राना, वडा नम्वर १२ मा कुलबहादुर टण्डन, वडा नम्वर १३ मा खुमबहादुर खत्री र वडा नम्वर १४ मा शेरबहादुर पहराईलाई कांग्रेसले वडा अध्यक्षको उमेदवार घोषणा गरेको हो ।

नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय विपि स्मृति भवनको सभाहलमा आयोजित घोषणा सभालाई सम्वोधन गर्दै पार्टी सभापती समेत रहेका मेयर पदका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले आफुहरुको प्रतिष्पर्धी रेसुङ्गा नगरपालिकामा कोही हुन नसक्ने दावी गरे । उनले भने, “हाम्रो पतिष्पर्धा अरु कसै संग हुन सक्दैन यहाँको गरिवी र परिवर्तन संग हो ।” उनले विपक्षी उमेदवारहरुले शिद्धान्त जित्न नसकेर कतिपय जनताको घर घरमा विभिन्न वस्तु र सामग्री वितरण गर्न थालेको आरोप समेत लगाए ।

श्रेष्ठले नेकपा एमालेका डिल्लीराज भुसाल र माओवादी केन्द्रका धर्म बिश्वकर्मासंग मुख्य प्रतिष्पर्धा गर्ने छन । श्रेष्ठ वहुदलीय व्यवस्था सुरु भए पछि भएको निर्वाचनामा रेसुङ्गा नगरपालिका रहेको साविकको तम्घास गाविको पहिलो र अन्तिम गाविस अध्यक्षमा समेत निर्वाचित भएका व्यक्ति हुन्

मेयरका प्रत्यासी वडा सदस्य

जिल्लामा समेत टुङ्गाउन नसकेर केन्द्रमा पुगेको नेपाली कांग्रेस रेसुङ्गा नगरपालिकाको मेयर पदका प्रत्यासी शालिक पन्थीले टिकट नपाए पछि अन्ततः उनि वडा सदस्यमा उम्मेदवारी दिने भएका छन् । आफु आफ्नो हितमा भन्दा पनि पार्टी हितका लागि राजनीतिमा सानै देखि लागेको भन्दै पन्थीले रेसुङ्गा नगरपालिका वडा नम्वर १ को खुल्ला तर्फको सदस्यमा उम्मेदवार लिएको बताए । गुल्मी कांग्रेसले जिल्ला भरका सवै गाउँ, नगरपालिका र वडाको समेत टुङ्गो लगाई सकेको छ ।

Comments

comments

Comments are closed.