‘हाम्रो अमेरिका आउने वाध्यता पिएचडीका लागि हो’

  •  
  •  
  •  
  •  
  •  

हिजो गुल्मीन्युजडट कममा ‘७ सन्तानका धनी दम्पत्ती अहिले बुढेसकालमा एक्लै’ भन्ने शिर्षको समाचार प्रकाशित भए लगत्तै अमेरिकाबाट ईस्वरीजंग कुँवरले केहि शव्द प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले भने “हामी दुईभाई स्वदेशमा अन्य अवसर नपाएर होईन अमेरिका आएको मात्र स्वदेशमा पिएचडी गर्ने अवसर नपाएर हो ।”
उनले थपे, ‘भाई विजयजंग र म संगै आएका हौं, त्यस समाचारमा उठाउन खोजेको एंगल प्रति मेरा आपत्ती छैन” । छोराछोरी बिदेशिँदै गर्दा गाउँमा बाबु आमा एक्लो हुने क्रम बढ्दो भए पनि आफ्नो परिवारको हकमा फरक भएको जिकिर गर्दै भने, “मेरो परिवारमा अली फरक क्छ वुवा आमाहरुलाई खुशी राखेको छौ तर समाचारमा लेखिए जस्तो उहाँहरु घरकुरुवा हनुहुन्न ।”
उनले आफुहरु जो जहाँ रहे पनि वावु आमालाई खुशी राखेको बताउँदै भने, ‘फोनमा मेरो भनाई र तपाईको वुझाई फरक परेछ ।’
माता अमृता कँवर पनि आफुहरु खुशी रहेको र छोरा छोरीहरुको शैक्षिक सफलताबाट समाजसेवामा क्रियाशिल हुन आफुहरुलाई थप हौसला प्रदान भएको बताईन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *