हस्तिचौरमा पहिरोले पुरेर एकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, साउन १ गुल्मीको हस्तिचौर एक जुके पानीमा पहिरोले घरगोठ पुर्दा एक जनाको मृत्यु भएको छ । अबिरल वर्षा सगै आएको पहिरोले पुर्दा मल्दी निवासी ३८वशर्षिय बावुराम महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । पहिरोले पुर्दा गोठमा रहेको एउटा भैसी पनि मरेको छ ।
घरको बारतालिमा मकै छोडाई रहेका महतलाई पहिरोले पुर्दा घटन स्थलमै मृत्यु भएको स्थानिय ईन्द्राबहादुर कुँवरले जानकारी दिनुभयो । परीवारका अन्य सदस्य सकुसल रहेका छन् । पहीरोले घरमा रहेको अन्नपात सबै पुरीदीएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *