हत्याको अभियोगमा पक्राउ दाजुभाइलाई जन्मकैदको फैसला

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, १५ मंसिर । हत्याको अभियोगमा पक्राउ परेका दाजुभाइलाई जिल्ला अदालत गुल्मीले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलाशले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।
गुल्मीको बाँझकटेरी गाविस–१ का छत्रबहादुर वलीको हत्यामा संलग्न प्यूठान अर्खा गाविसका दिपक गिरी र लेखनाथ गिरीलाई जन्मकैदको फैसला गरिएको हो । हत्या अभियोगमा प्यूठानको बाग्दुल्लाबाट पक्राउ परेका उनीहरुले गएको असार ३० गते गुल्मीको बाँझकटेरीमा राति घरमा सुतिरहेको बेला बास बस्ने बहाना बनाएर छत्रबहादुरको घरमा लुटपाट गरी उनको हत्या गरेका थिए ।

Comments

comments

Comments are closed.