स्वास्थ्य बिज्ञान प्रतिष्ठानको माग तम्घासमा हस्ताक्षर

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी असोज १० । स्वास्थ्य बिज्ञान प्रतिष्ठानको माग गर्दै गुल्मीको सदरमुकाम तम्घासमा हस्तक्षर अभियान सम्पम्पन्न भएको छ । रुपन्देहीका अबस्थित लुम्बिनी अञ्चल अस्पताललाई स्वास्थ्य बिज्ञान प्रतिष्ठानको माग गर्दै गुल्मीका केहि युवाहरुको सक्रियतामा उक्त अभियानले तम्घासमा हस्ताक्षर संकलन गरेका हुन । hastakshar
स्वास्थ्य बिज्ञान प्रतिष्ठानको माग गर्दै युवाहरुले तम्घासमा बिभिन्न व्यक्ति संघ संस्थाहरुको एक्यबद्धता सहित १ हजार भन्दा वढी हस्ताक्षर संकलन गरेर बुटवल पठाएको अभियान गुल्मीका सक्रिय युवा शुवास मरासिनीले बताए ।
अञ्चल अस्पताललाई स्तर बृद्धि गरि सर्ब सुलभ मेडिकल शिक्षा, स्वास्थ्य अनुसन्धान केन्द्र लगायतका मगहरु सहित हस्ताक्षर संकलन गरिएको अभियानका संयोजक मरासिनीले बताए । जिल्लाबाट संकलन भएका हस्ताक्षर बुटवलमा संकलन गरेर स्वास्थ्य मन्त्रीलाई बुझाईने बताइएको छ ।

Comments

comments

Comments are closed.