स्वास्थ्यमन्त्रीको आँखा पर्ला निर्जिव ढुङ्गा जस्तै लडेका यी मान्छेमा ?

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , चैत्र–१० । अघिल्लो महिना गुल्मीको एक कार्यक्रममा आएका स्वास्थ्यमन्त्री गगनकुमार थापाले भनेका थिए अव कोहि पनि मानिस आर्थिक अभावका कारण उपचार नपाएर मर्न पर्ने छैन तर यहाँका कैयौं जनता उपचार नपाएर मर्नु परी रहेको छ र कोही मृत्युको कामना गरेर वस्नु परी रहेको छ ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

ति मध्येका एक हुन् चन्द्रकोट गाउँपालिका–८, तुराङ गाउँका मेघबहादुर कुमाल । आज भन्दा १३ वर्ष अघि भारतको जोधपुरमा मोटर साईकलमा हिडी रहेको वेला अज्ञात गाडीले हानेर गम्भीर घाईते भएका कुमाललाई चन्दा उठाएर त्यहाँ भएका नेपालीहरुले घर पठाएका थिए ।

उनलाई हान्ने गाडी र व्यक्ति पत्ता लगाउने, क्षतिपुर्ति र कार्वाहीको पहल गर्ने कोहि भएन । खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर आएका उनलाई उनकी श्रीमति माया कुमालले उपचार गर्न सकिनन् । उनको पुरै घरवास बेचे पनि उपचार सम्भव नभए पछि दिन प्रति दिन गल्दै गएका उनका श्रीमानको शरिर अहिले कुहेको छ ।
थातै दिशा पिशाव गरेर लडि रहेका कुमालको उद्धारका लागि छिमेकी गाउँ वलिथुमका समाज सेवी शिव गौतम र लव्सन महतले सञ्चार माध्यम संग आग्रह गरे अनुरुप यहाँ स्थित रेडियो कार्यक्रम ओझेलका खवरमा केहि महिना अघि त्यो परिवारको दर्दनाक कथा प्रशारण भएको थियो । तर खासै सहयोग भने संकलन हुन सकेन ।
गौतमका अनुसार अहिले सम्म करिव ५० रुपैयाँ संकलन भएको छ । उनको त्यो अवस्था देखेपछि भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगेकी धनी गजमेरले ८ हजार रुपैयाँ हालै यसै समाचारदाता मार्फत पठाएकी छिन् । तर यहाँको सरकारी निकाय र राजनैतिक दलले वास्तै गरेन ।
तिन महिना पनि खान नपुग्ने जमिन नभएका कुमाल परिवारमा विहान वेलुकाको चुलो चलाउने उनकी श्रीमति माया कुमालको पाखुरा हो । तर यता श्रीमानलाई दिशा पिशाव गराउनेकी अर्काको मेलापाता जाने ? यस्तो समस्यामा परे पछि विस्तारामा लडेको लडै जाल बुन्छन उनका श्रीमानले । उनको डाढको घाउ पाकेर घरै दुर्घन्धीत हुने गरेको छ ।
एक छोरा छन । गहभरी आँशु पार्दै उनि भन्छन्–‘ म मरे पनि मेरो छोरा पढाई दिने मान्छे कोहि भई दिए धन्य हुने थियो सर ।’ श्रीमति माया भने कुहेको शरिर भए पनि श्रीमानलाई सधै बाँचेको देख्न चाहन्छीन् । भक्कानो छाड्दै भन्छिन–‘ बरु मेरो मुटु विक्रि हुन्छ भने विक्रि गरी दिनुस सर , म मेरो श्रीमानलाई मेरो आँखा अगाडी गुमाउन सक्दीँन । ’
डरलाग्दो गाउँ पाक्ने चहराउने हुँदा कहराउँदै जाल बुनेको दृश्य देख्दा त्यहाँ पुग्ने जो कोहीको करुणा जाग्छ । कमलो मन हुनेहरुले आँशु खसाउ छन् । दुई चार रुपैयाँ पनि दिन्छन् । कसैको मेलापाता गएकी उनलाई बेला बेलामा घर आउनै पर्दछ ।
त्यसैले पनि टाढा मेलापाता जादैनन् । नजिक सधै काम पाईदैन । त्यसैले पनि नियमति खान पाक्दैन त्यो घरमा । मन खान्छ र छिमेकमा रहेकी मेघबहादुरकी दिदीले आफ्नो गास काटेर भए पनि पाकेको खान ल्याई दिने गरेकी छिन् । त्यो विपदमा साथ दिने कुनै राजनैतिक दल छैन् ।
माया भन्छिन–‘ यस अघिको चुनाव ताका धेरै दलका नेता आएर उपचार गरी दिन्छौ, आय आर्जनका कार्यक्रम पनि पारी दिन्छौं भन्थे तर चुनाव सकिए पछि कसैले फर्केर हेरेनन् । अहिलेका स्वास्थ्यमन्त्री थापाले केहि राम्रा काम पनि गरेको प्रशंसा चलिरहेका वेला यी कुमाल परिवारको त्यो विपदमा पनि आँखा पर्ला कि नपर्ला ? स्थानियले यहि जिज्ञाषा राखेका छन् ।

Comments

comments

Comments are closed.