स्वास्थ्यकर्मीहरुले भने दरवन्दी ओगटेर बस्नेहरु विरुद्ध चेतावनी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , फागुन–१५ । नेपाली कांग्रेस निकट निजामती कर्माचारीहरुले तोकेको स्थानिमा ३५ दिन भित्र कर्मचारी हाँजिर नभए वर्खास्त गर्ने सरकारले निर्णय गरेको विरोध गरी रहेको वेला गुल्मीका स्वास्थ्यकर्मीहरुले भने दरवन्दी ओगटेर वस्नेहरु विरुद्ध कडा चेतावानी दिएका छन् ।

गुल्मी जिल्लाका स्वास्थ्य क्षेत्रमा क्रियाशिल स्वास्थ्यकर्मीहरुको संयुक्त संघर्ष समितिले आज सातौं दिनकोे आन्दोलनका क्रममा यस्तो चेतावानी दिएका हुन् ।
सरकारले स्वास्थ्यकर्मीहरुको पदस्थापना नगरी अन्यायमा पारेको , २०७० । १२ । १२ कार्यन्वयन नगरेको भन्दै गत सात दिन देखि देशभर आन्दोलित मध्ये गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको संयुक्त संघर्ष समितिका संयोजक नारायण प्रसाद अर्यालले दरवन्दी ओगटेर वस्नेहरु विरुद्ध पनि आन्दोलन गरिने चेतावानी दिए ।
आज विहानै देखि जिल्ला जनस्वास्थ्य कार्यालयले मनाउन लागेको स्वास्थ्य दिवस वहिस्कार गर्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले सो कार्यालमा धर्ना दिनुका साथै त्यहाँ देखि जिल्ला प्रशासन कार्याल अगाडी सम्म विरोध प्रदर्शन गरेका थिए । पुनः जिल्ला प्रशासन कार्यालय अगाडी आई विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा स्वास्थ्य मन्त्री गगनकुमार थापा र सरकारको चर्को विरोध गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संग गुल्मीले आफ्नै पार्टीको सरकार र स्वास्थ्य मन्त्री पनि आफ्नै नेता भएका कारण आन्दोलनमा सहभागी नहुने गरेको निर्णय प्रति खेद व्यक्त गरिएको थियो । काग्रेस निकट कर्मचारी आन्दोलनमा सहभागी नभए पनि नेकपा एमाले , नेकपा माओवादी केन्द्र निकट स्वास्थ्यकर्मी आन्दोलनमा सहभागी भएको संघर्ष समितिले जनाएको छ ।
कार्यक्रममा राष्ष्ट्रिय स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष पुण्यप्रसाद पौड्याल, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष श्यामसुन्दर पोखरेलले मन्तव्य राखेका थिए ।
संघर्ष समितिका संयोजक नारायणप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव ओमबहादुर थापाको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.