स्थानीय तह पुनःसंरचना आयोगले गुल्मीको फाईल फिर्ता पठायो

  •  
  •  
  •  
  •  
  •  

तीन दिनभित्र सरोकारवालासँग छलफल गरी पुनः प्रतिवेदन आयोगमा पठाउन निर्देशन

काठमाडौं, ७ मंसिर । स्थानीय तह पुनःसंरचना आयोगले बिबादित गुल्मीको फाईल फिर्ता पठाएको छ । बढीमा तीन दिनभित्र स्थानीय राजनीतिक दल र सरोकारवालासँग छलफल गरी पुनः प्रतिवेदन आयोगमा नै पठाउन निर्देशन दिँदै आयोगले उक्त फाइल फिर्ता पठाएको हो ।
गुल्मी सँगसगै आयोगले अन्य १८ जिल्लाका प्रतिवेदनहरु पनि सम्बन्धित जिल्ला प्राविधिक सहयोग समितिलाई फर्काइदिएको छ । जनसङ्ख्याको मापदण्ड नपु¥याई स्थानीय तह निर्माण गरी आयोगलाई सिफारिस गरिएको, वडा र गाउँपालिका र नगरपालिकाको केन्द्र विवादित बनेको, राजनीतिक सहमति बिना नै आयोगलाई प्रतिवेदन दिएको र आयोगमा अत्यधिक उजुरी परेका आधारमा १९ जिल्लाका प्रतिवेदन प्राविधिक समितिलाई फर्काएको आयोगले जनाएको छ ।
आयोगले अछाम, अर्घाखाँची, बैतडी, बझाङ, बाँके, दैलेख, दाङ, गुल्मी, हुम्ला, खोटाङ, पाँचथर, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, सुनसरी, सुर्खेत, ताप्लेजुङ, झापा र मोरङका प्रतिवेदन जिल्ला प्राविधिक सहयोग समितिलाई सोमबार फिर्ता गरेको जनाएको छ । योसँगै आयोगको दोस्रो चरणको काम सुरु भएको छ । गोरखापत्र दैनिकमा खबर छ । आयोगका सदस्य सुनीलरञ्जन सिंहले जिल्ला प्राविधिक सहयोग समितिले आयोगमा सिफारिस गरेका सबै प्रतिवेदन एकपटक पुनः जिल्लामा पठाउने आयोगको कार्यादेश र कार्यतालिकामा उल्लेख छ तर बढी विवादित बनेका र आयोगले पूर्णरूपमा अध्ययन गरिसकेका उक्त जिल्लाका प्रतिवेदन विवादरहित बनाएर पुनः आयोगमा पठाउन प्रतिवेदन जिल्लामा पठाएको हो भने ।

Comments

comments

Comments are closed.