स्कुल स्पोर्ट टिचर ट्रेनिङ सम्पन्न, स्वर्ण पदक बिजेता कुंवर सम्मानित

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, भदौ २८ । जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा संचालन भएको ३ दिने स्कुल स्पोर्ट टिचर ट्रेनिङ सम्पन्न भएको छ । सातौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा सहभागी भएका जिल्ला सामुदायिक बिद्यालयका ५१ जना खेल शिक्षकहरु र १० जना स्वमसेवक गरी ६१ जनालाई विभिन्न किसिमका तालिम दिइएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा संचालन हुने खेल र परिवर्तित नियमहरुको बारेमा बिद्यालयका खेल शिक्षकहरुलाई तालिम दिइएको हो । जसले गर्दा आगामी खेलहरुहरु थम व्यबस्थित र रोचक हुने अपेक्षा समितिको रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताउनुभयो । तालिममा क्षेत्रिय खेलकुद विकास समितिका उपनिर्देशक बलराम कबर्दि प्रशिक्षक दिनेश आचार्य र जिल्ला अस्पतालकी शिला ढकालले प्रशिक्षण दिनुभएको थियो ।

धेरै बिद्यालयहरु अझै पनि अस्त व्यस्त रुपमा प्रतियोगीतामा खेलाडीहरु सहभागी गराउने गर्दछन् । जिल्लाका कतिपय बिद्यालय र शिक्षकहरुलाई मार्चपासकै बारेमा पनि राम्रो संग ज्ञान छैन । धेरै खेल सिमित समयमा सम्पन्न गर्नुपर्दा जिल्ला खेलकुद विकास समितिलाई पनि बाहिरबाट कोच मगाउनुपर्ने बाध्ययता रहेको थियो । जसले गर्दा आर्थिक समस्या पनि समितिलाई हुने गरेको जिल्ला खेलकुद विकास समितिको कार्यालयका कार्यालय प्रमुख दिपक केशीले बताउनुभयो ।

उहाँले निकै मेहेनतका साथ केन्द्रले मात्र संचालन गर्ने यो तालिम आफुहरुले संचालन गरेको बताउँदै खेल शिक्षकहरुले तालिमका सिककेका कुरा व्यावहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । आगामी राष्ट्रपति रनिङ्गशिल्ड लगायतका प्रतियोगीताहरु व्यवस्थित र प्रभावकारी बनाउन आफुहरुलाई तालिमले महत्वपुर्ण भुमिका खेलेको सहभागीहरुको भनाई छ । तालिममा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीतामा संचालन हुने खेलका परिवर्तित नियम, खेलाडी मैदानमै घाइते भए गरिने प्रथामिक उपचार, डवल रोटेशन, कोट बनाउने तरिका, टाइसेट लगाएतका बारेमा प्रशिक्षण दिइएको थियो ।

तालिमको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता, पश्मिाञ्चन खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रमको अवसरमा दक्षिण एशियाली खेलकुद प्रतियोगीतामा एक स्वर्ण, दुई रजत र काश्य जित्न सफल आइटिएफ तेक्वाक्दोका बिरेन्द्र कुवंरलाई सम्मान गरिएको हो । उनले नगद १० हजार र सम्मान पाएका छन् ।

कार्यक्रममा सवै राजनितिक दलको तर्फबाट माओवादी केन्द्रका ज्ञान कुमार बुढा, राष्ट्रिय युवा परिषद गुल्मीका अध्यक्ष राजेन्द्र बिक्रम कुंवर, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेय, पुर्व अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, र सहभागीको तर्फबाट नविन कक्षपतीले शुभकामना मन्तव्य राख्नुभएको थियो । निमित्त जिल्ला शिक्षा अधिकारी पिताम्बर पन्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष रमेश श्रीसको स्वागत तथा संचालन कमला जिसीले गर्नुभएको थियो ।

Comments

comments

Comments are closed.