घटना-दुर्घटनासमाचार

स्कुटरमा सुपादेउराली दर्शन गर्न जाँदै गरेकी महिलालाई बसले किच्दा मृत्यु, गुल्मीका ज्ञानेन्द्र पक्राउ

भगवती पाण्डे
बुटवल, असौज २१ । अर्घाखाँचीमा स्कुटरबाट खसेकी एक महिलालाई बसले किच्दा घटनास्थलमै ज्यान गएको छ ।

जिल्लाको शितगंगा नगरपालिका भेंडामारेमा लु ३५ प ८९३ नम्बरको स्कुटीबाट खसेकी रुपन्देहीको तिलोत्तमा १ नयाँमिलकी ४५ वर्षिया देवी कार्कीलाई लु १ ख ५८४७ नम्बरको बसले किचेको प्रहरीले जनाएको छ ।

उनी श्रीमान लक्ष्मण कार्कीसंग सुपा देउराली मन्दिर दर्शन गर्न बुटवलबाट स्कुटरमा जाँदै थिइन् ।

एउटै दिशातर्फ गईरहेको उक्त बसलाई ओभरटेक गर्न खोज्दा महिला स्कुटरबाट खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सन्धिखर्कका प्रमुख चन्द्रीका चौधरीले जानकारी दिए ।

दुर्घटनापछि बस चालक गुल्मी धुर्कोटका ज्ञानेन्द्र बिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।