सोमपाल कामी गुल्मी आँउदै

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
सोमपाल कामी जेठ १२ गते गुल्मीको तुराङ्ग आउने भएका छन् । एक्टिभ युथ क्लव तुराङ्ग–३ गेखुङ्ग र गुल्मी सेवा समाज कतारको संयुक्त आयोजनामा तुराङ्गको उदय प्रा.वि.मा हुन गई रहेको क्रिकेट खेल प्रतियोगिताको उद्घाटन गर्न उनि आउने भएका हुन ।

गुल्मी सेवा समाज कतारका संरक्षक द्रोण वस्नेतको विशेष आग्राहमा उनलाई निम्ताईएको हो । सोमपाल कामीले पनि गुल्मीन्युज डट कमसंगको टेलिफोन सम्पर्क मार्फत उक्त कुराको पुष्टी गरेका हुन् ।
Sompal-Kami

Comments

comments

Comments are closed.