सूर्योदय उच्च मावि जुभुङले स्वर्णमहोत्सव भव्य रुपमा मनाउने

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, ८ पुस । गुल्मीको जुभुङ गाविसमा अवस्थित श्री सूर्योदय उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको स्वर्णमहोत्सव मनाउने तयारी गरेको छ । वि.संः २०२३ साल फाल्गुन २७ गते जुभुङका शिक्षाप्रेमी अग्रजहरुले स्थापना गरेको श्री सूर्योदय मिडिल स्कुल हालको श्री सूर्योदय उच्च माध्यमिक विद्यालयका रुपमा रहेको छ । विद्यालयले यसै वर्ष स्थापनाको ५० वर्ष पूरा गर्ने भएकाले आगामी फाल्गुन २२ देखि २७ गतेसम्म विविध कार्यक्रमहरुको आयोजना गरि स्वर्णमहोत्सव मनाउने भएको छ ।विद्यालय व्यवस्थापन समिति तथा सरोकारवाला जुभङवासीहरुको एक भेलाले फाल्गुन २२ देखि २७ गतेसम्म स्वर्णमहोत्सव मनाउने निर्णय गरेको हो । स्वर्णमहोत्सवमा विभिन्न चन्दादाता सम्मान, विद्यार्थी पुनर्मिलन, अतिरिक्त क्रियाकलाप, राष्ट्रिय तथा स्थानिय कलाकार र विद्यार्थीबाट सांस्कृतीक कार्यक्रम, खेलकुद लगायतका कार्यक्रमहरु गरिने भएको छ । उक्त महोत्सवलाई व्यवस्थित र भव्यरुपमा सफल पार्न स्वर्ण महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । स्वर्ण महोत्सव मुल आयोजक समिति अध्यक्षमा लोकबहादुर गौतम, उपाध्यक्षमा केशरशिह सारु, कोषाध्यक्षमा हरीहर गौतम र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सन्तोष गौतमलार्इ जिम्मेवारी दिइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर रजालीको अध्यक्षतामा बसेको बैठकले हरीहर गौतमको अध्यक्षतामा १९ सदस्यीय आर्थिक संकलन उपसमिति समेत गठन गरेको छ । साथै युवा सम्पर्क समन्वय, स्वयम सेवक परिचालन, सुरक्षा तथा खेलकुद कार्यक्रमलार्इ व्यवस्थित गर्ने उद्धेश्यका साथ ३१ सदस्यीय युवा परिचालन उपसमिति पनि गठन गरिएको छ । युवा परिचालन उपसमितिमा कमल थापालार्इ संयोजक तथा बालबहादुर रानालाई उपसंयोजकको जिम्मेवारी दिइएको ।


Comments

comments

Comments are closed.