सुनसान बन्यो सदरमुकामको मालपोत कार्यालय, गाउँमै सेवा पाउँदा नागरिक खुशी

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, वैैशाख २१ ।  जिल्ला मालपोत कार्यालय गुल्मीमा अहिले सुनसान जस्तो देखिन थालेको छ । जिल्लाको तुराङ्ग स्थीत मजुवामा तीन महिना अघिदेखि मालपोत कार्यालय स्थापना गरेर सेवा प्रवाह हुन थालेपछि सदरमुकाममा रहेको मालपोत कार्यालयको काम काजमा कमि आएको हो ।

जिल्लाको  क्षेत्र नम्बर एक अन्तर्गतका साविकका २५ गाविस र क्षेत्र नम्बर २ अन्तगर्तका वामीटक्सार, जुभुङ्ग र बलीथुमलाई समेटेर साविककै २८ गाविसका बासिन्दालाई मजुवाबाट सेवा दिन सुरु गरिएको छ । नामसारी, रजिष्ट्रेसन, लिखत, संशोधन, प्रतिलिपि सदर जस्ता कामहरु ग्रामिण क्षेत्रमा स्थापना गरिएको कार्यालयवाटै पाउन थालेपछि उनीहरु निकै खुशी देखिएका छन् ।

मालपोत र नामी कार्यालय गाउँमै स्थापना भएपछि सानो कामका लागि लामो समय खर्चेर सदरमुकामसम्म धाउनु पर्ने बाध्यताबाट मुक्ति मिलेको स्थानीय टिकाराम सापकोटाले बताउनुभयो । -उज्यालोबाट

Comments

comments

Comments are closed.