सुत्केरी आमाको निधन पछी काजकिरियामा बसेका छोरीलाई आर्थिक सहयोग

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर ९ । आमाको मृत्युपछी काजकिरिया बसेका छोरी १३ वर्षकी संगिता र ११ वर्षकी रमितालाई सहयोग प्राप्त भएको छ । गुल्मीको पुर्कोट दह गाविसमा सुत्केरी आमाको निधन भएसँगै दुई छोरीहरू किरिया बसेको खबर बाहिर आएसगै उनिहरुलाई तत्कालको लागी काठमाडौमा रहेका कलस बहुउद्धेय सहकारी संस्था कोषाध्यक्ष राम महर्जनले तत्काल किरियाखर्चको लागी रु ५ हजार सहयोग गरेका छन् ।

आमाको मृत्युपछि किरिया बसेका छोरीहरु संगिता र रमिता । तस्वीर: रासस

आमाको मृत्युपछि किरिया बसेका छोरीहरु संगिता र रमिता । तस्वीर: रासस

महर्जनले परिवारमा आर्थिक समस्या भएको भन्ने खबर पाउनसाथ तत्कालै परिवारलाई राहतको लागी भन्दै उक्त रकम सहयोग गरेको बताए । महर्जनले दुइवटा छोरीलाई कक्षा १० सम्म निशुल्क रुपमा पढाउने ब्यबस्था मिलाउन परिवारजन संग आग्रह गरेका छन् । पुर्काेट दह–१ का  दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि दुई छोरीहरू किरियामा बसेका हुन् । उनीहरू अहिले आमाको किरियामा मात्रै छैनन् आमालाई दागबत्ती दिने र घाट सम्म बोक्नको लागि समेत सहयोग गरेका थिए । कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गते देखि विरामी परेकी थिइन् ।
मंसिर तीन गते उपचारको क्रममा उनको निधन भएको थियो । ‘पक्षघातको कारण उहाँको निधन भएको हो । ८ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको कुँवरले बताए । उनले आफ्नो जीवनको अन्तिम क्षणमा जन्माएकी नावालीका छोरीलाई भने एक जनाले स्थानीयले धर्म छोरी बनाएर पाल्छु भनेर लगेका छन् । दुर्गा कुमारी सुत्केरी भएको चार दिन पछि बार्या तर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन । आर्थिक अभावको कारणले उनलाई कतैपनि उपचार गर्न लगिएको थिएन । स्थानीयका अनुसार उनलाई सिकिस्त भएपछि उपचारको लागि अर्घाखाँचीको सदरमुकाम संन्धिखर्क र त्यहाँबाट बुटवल प–याइएको थियो ।
उपचारका लागि बढीनै खर्च लाग्ने भएपछि परिवारले उनको उपचार गर्न नसकेको हो । दुर्गा प्रसाद र दुर्गा कुमारीको परिवार गाउँकै गरिव मध्यको एक परिवार रहेको स्थानीयहरूले बताउँछन् । दुर्गा प्रसादको कुनैपनि आय आर्जनको बाटो छैन । अहिले १३ दिनको काम गर्नको लागि समेत सहयोग संकलनको काम भइरहेको शिक्षक बोम बहादुर कुँवरले बताए । ‘उहाँहरूसँग सम्पत्तिको नाममा गोठमा एउटा भैंसी छ,’ कुँवरले भने, ‘अहिले अलिकति संकलन गर्न सक्यौं भने बच्चिहरूले पढ्दा राहत महशुश त गर्लान । दुर्गा कुमारीको परिवार गरिव भएकै कारणले दाजु भाईले किरिया समेत गर्दिन नमानेको उनको भनाइ छ । घर व्यवहार  र अरु व्यवस्थापनका लागि श्रीमानलाई किरियामा नराखिएको उने बताए ।

Comments

comments

Comments are closed.