सुजाता कोइरालालाई ५० लाख रुपैयाँ दिने सरकारको निर्णय

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सत्तासाझेदार दल नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई उपचार खर्चवापत् ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई आधा करोड रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको हो ।कोइरालामा स्तन क्यान्सर देखिएको छ । उपचारका लागि उनी आइतबार नै सिंगापुर गएकी छन् ।
बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

Comments

comments

Comments are closed.