सिमाङ्कन हेरफेरको बिरोधमा गुल्मी नबौं दिन ठप्प, जनजिवन कष्टकर

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर २३ । लगातारको बन्दले गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा ९दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा बिहिवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । धर्नामा बसेका आन्दोलनकारीले सांगितिक प्रस्तुतिहरु राख्दै संशोधन प्रस्ताव फिर्ता ल्याउन दवाव दिइरहेका छन् ।
आन्दोलनलाई थप सशक्त बनाउन यहि मंसिर २४ गते जिल्लास्थित व्यापारिक केन्द्रहरु शान्तिपुर, वामीटक्सार, मजुवा, खैरेनी, रिडी, बलेटक्सार, सिमलटारी पुर्कोट दहमा वृहत विरोध सभा गर्ने बताइएको छ । गुल्मीमा बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा संचालन भएकाले थप समस्या नहोस भन्नका लागि शैक्षिक संस्था बन्द गरिएको छैन । लामो तथा छोटो दुरीका सवारीका साधन नचलेपछि कुलपुजाको लागी स्वदेश तथा बिदेशबाट घर फर्कनेहरुलाई निकै सास्ती परेको छ ।

Comments

comments

Comments are closed.