सिद्धबाबा माबिमा एक दिने कार्यपत्र सेमिनार सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, १ बैशाख । सिद्ध बाबा मावि तम्घासमा एक दिने कार्यपत्र प्रस्तुत सम्बन्धि एक दिने सेमिनार सम्पन्न भएको छ । रेसुंगा बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह दोस्रो बर्षमा अध्ययन गर्ने बिद्यार्थीहरुको आयोजनामा उक्त गोष्टि सम्पन्न भएको हो ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

शिक्षा शास्त्र संकाय स्नाकोत्तर तह शिक्षा योजना तथा व्यावस्थापन समुहले सिद्धबाबा माविमा प्राविधिक व्यावसायीक बिषय संचालन र चुनौतिका बारेमा अध्ययन गरेको थियो । ५० पुर्णाङ्कको लागि सिद्धबाबा माविमा प्राविधिक व्यावसायीक बिषय संचालन र चुनौतिका बारेमा बिद्यार्थी हरिकृष्ण विक र प्रकाश मरासिनीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथी सिद्धबाबा माविका प्रचार्य डोर बिक्रम श्रीस र अगुवा श्रोत केन्द्रका श्रोत व्यक्ति तारा बहादुर राउतले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रम सिद्धबाबा मावि बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता, सहायक क्याम्पस प्रमुख कमल पाण्डेयको प्रमुख आतिथ्यता तथा हरिकृष्ण विकको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यालय व्यावस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

Comments

comments

Comments are closed.