सिगानामा रानीभूमे सहकारीका महिलले मनाए नारी दिवस

  •  
  •  
  •  
  •  
  •  

बागलुङ, फागुन २५ । सहकारीका माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको रानीभूमे महिला विकास सहकारी संस्था लिमिटेड सिगाना बागलुङले विविध कार्यक्रमका एक सय सातौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

महिलाहरुको नेतृत्व र क्षमता विकासका लागि रचनात्मक क्रियाकलापहरुको भूमिका प्रभावकारी हुने भएकाले दिवसका अवसरमा सहकारी सम्बन्धी रत्यौली प्रतियोगिता, तातो आलु, घैटोफोर लगायतका कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष चित्रकुमारी खड्काले जानकारी दिनुभयो । छ समुहले भाग लिएको रत्यौली प्रतियोगितामा सक्रिय आमा समुह प्रथम, जनजागरण महिला समुह द्वितिय र परिवर्तन स्वास्थ्य आमा समुह तृतिय भएका थिए ।
यस्तै तातो आलु प्रतियोगितामा लालमती परियार प्रथम, मनु क्षेत्री द्वितिय र झनकला जिसी तृतिय हुनु भएको थियो । यसैगरी घैटोफोर प्रतियोगितामा विजु जिसी प्रथम हुनु भएको थियो । कार्यक्रममा बोल्दै सांसद चम्पादेवी खड्काले महिलाहरुको हक अधिकार स्थापित गर्नका लागि सबै एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले संविधानले दिएका महिलाका हक अधिकार सुनिश्चित गर्नका लागि स्थानीय निर्वाचन समयमै गर्नु पर्ने बताउनुभयो ।
womens day nepalकार्यक्रममा नेकपा एमाले बागलुङका सचिवालय सदस्य तथा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसीले राज्यका हरेक क्षेत्रमा महिलाको निर्णायक भूमिका निर्वाह गर्नका लागि सहकारीलाई सबल र सक्षम बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारीमार्फत महिलालाई आर्थिक रुपमा सबल बनाउदै स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत सहभागिता गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा सिगाना गाविसका सचिव लक्ष्मण पौडेल, नेपाली कांग्रेसका नगर अध्यक्ष महेन्द्र आचार्य, नेवि संघका अध्यक्ष खड्क थापा, नेपाली कांग्रेस सिगानाका पूर्व सभापति यज्ञराज गौतम, नेपाली कांग्रेसका सभापति छमबहादुर कार्की, नेकपा एमालेका अध्यक्ष सुरेश मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम रानीभूमे महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चित्रकला खड्काको अध्यक्षता, सचिव टिका जि.सी.को सञ्चालन र संस्थाका सञ्चालक तथा सामाजिक परिचालक सुशिला पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
रानीभूमे महिला विकास सहकारी संस्थाले महिलाहरुको नेतृत्व विकास, सिपमुलक तालिम लगायत आर्थिक रुपान्तरणका क्षेत्रमा विगत डेढ दशकदेखि काम गर्दै आइरहेको छ ।

Comments

comments

Comments are closed.