सामुदायिक विद्यालयले बोर्डिङ्गलाई चुनौती दिने

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, असार–२९ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यामिक विद्यालयका पुुर्व विद्यार्थीहरुले उक्त विद्यालायलाई सामुदायिक विद्यालयलाई चुनौती दिन गरी अगाडी बढ्न विद्यालय परिवारलाई आग्रह गरेका छन् ।
त्यस विद्यालयमा अध्यान गरी अमेरिका, जापान लगायतका विकासित मुल्कमा रहेका र स्वदेशमा पनि सरकारी निकायका विभिन्न पदमा रहेका व्यक्तिहरुले आज त्यस विद्यालयका विपन्न वर्गका सम्पुर्ण विद्यार्थीहरुलाई ड्रेश हस्तान्तरण गर्दै यस्तो आग्रह गरेका हुन् ।
नेपाल प्रहरीको प्रधान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरणजंङ्ग कुँवरले आफु रेसुङ्गा माध्यामिक विद्यालयमा एसएलसी पास गर्ने समय सम्मको अनुभव सुनाउँदै भने–‘ यस विद्यालयका शैक्षिक वातवरण ठुला शहरका महंङ्गा वोर्डिङ्ग स्कुलको भन्दा आफुले कम नपाएकोले त्यसरी नै अगाडी बढ्न आग्रह गर्दछु । ’

नाईजेरियामा कार्यरत उनका दाजु ईस्वरीजंङ्ग कुवँरको संयोजकत्वमा रेसुङ्गा माध्यामिक विद्यालयका पुर्व विद्याथीहरु संगठित भई १ लाख ८६ हजार संकलन गरी सो विद्यालयका विपन्न वर्गका ७० जना विद्यार्थीहरुलाई आवस्यक सम्पुर्ण विद्यालय पोशाक आज एक समारोहका विच वितरण गरिएको थियो ।
gulmi school

हस्तान्तरण गर्दै त्यस विद्यालयका प्रधानध्यापक प्रेमनारायण भण्डारीले पुर्व विद्यार्थीहरुले आफुहरुलाई थप हौसला प्रधान गरेको प्रति धन्यबाद ज्ञपान गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानिय विकास अधिकारी डिलाराम पन्थी, जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल लगायतका सरकारी निकायका प्रमुख र विभिन्न राजनैतिक दल र समाज सेवीहरुको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमानसिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानध्यापक प्रेमनारायण भण्डारीको सञ्चालन रहेको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *