gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

सामुदायिक रेडियो पुष्पाञ्जली आजबाट पाँचौ बर्षमा प्रबेश

अनिश शर्मा गैरे
वामी गुल्मी । ग्रामिण ईलाकाका जनताहरुलाई सुसचित गर्ने ध्येयका साथ गुल्मीको ग्रामिण ईलाका वामीटक्सारबाट प्रशारण सुरु गरेको सामुदायिक रेडियो पुष्पाञ्जली आजबाट पाँचौ बर्षमा प्रबेश गरेको छ ।

‘सुचना सञ्चार कृषि पर्यटन बिकास र समुन्नत समाज निर्माणको लागी सामुदायिक रेडियो पुष्पाञ्जली’ भन्ने मुल नारा सहित वामी टक्सारबाट यस रेडियोले २०७० जेठ २८ गते प्रत्यक्ष प्रशारण शुरु गरेको थियो भने भाद्र १ अर्थात आजकै दिनबाट नियमित प्रशारण सुभारम्भ गरेको थियो । चौथो बर्ष प्रबेशको अबसरमा आज रेडियोले रेडियोका सञ्चालक समिति, शेयर सदस्य, कर्मचारी लगायत बिच रेडियोलाई अझै कसरी अगाडी बढाउने भन्ने बिषयमा अन्तरक्रिया गर्ने जनाएको छ ।

गुल्मीको वामीटक्सारबाट सञ्चालीत यस रेडियोले बिहान ८ बजे तथा बेलुकी ७ बजे सत्य तथ्य खबरहरुको संगालो पुष्पाञ्जली खबर, बिहान १० बजे र दिउँसो २ बजे पुष्पाञ्जली अपडेट तथा अँग्रेजी भाषामा पनि समाचार प्रशारण गर्दे आएको छ भने राष्ट्रिय स्तरका समाचारमुलक प्रस्तुतीहरु तथा बिभिन्न समसामयिक बिषयहरुमा बहस समेत प्रशारण हुन्छन ।

त्यसै गरी बिबिध ज्ञानबद्र्धक, मनोरञ्जनात्मक, तथा समाजमा उत्तरदायित्व बोध गर्ने खालका प्रस्तुती हरु प्रशारण गर्दै आइरहेको यस रेडियोले अधिक मात्रामा समाचारहरु प्रस्तुत गर्ने गरेको छ ।

अहिले बिद्युत अवरोध भएको कारण रेडियो बिहान र साँझ जेनेरेटर मार्फत प्रशारण भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D