साना दलको समर्थनमा एमाले, कांग्रेस र माओवादी पुरानै अडानमा, कार्यदलले जे बनाएको थियो आज त्यही पठाईदै

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, कार्तिक– २४ । ४ नम्वर ईलाकाको मागलाई सम्वोधन गर्न प्रमुख तिन दल असफल भए पछि साना आठ दलले हिजो नयाँ प्रस्ताव ल्याएको एक गोप्य श्रोतले जानकारी दिएको छ । राप्रपा अध्यक्ष भरतबहादुर चन्दकोा नेतृत्वमा साना आठ दलले यस अघि कार्यदलले तय गरेको गौडाकोट स्थानिय निकायको सट्टा राजारुन्खा एउटा केन्द्र र अर्को खज्र्याङ्ग केन्द्रको प्रस्ताव ल्याएको वुझिएको छ ।

त्यस्तै जुभुङ्ग र वलिथुमलाई जोडेर पुलकामुखा केन्द्र बनाउने प्रस्ताव ल्याएको पनि श्रोतले जनाएको छ । त्यसमा नेकपा एमालले समर्थन जनाएको र नेपाली कांग्रेस र नेकपा माओवादी विचारधिनमा रहेको बताईएको छ ।

हिजो राती अवेर सम्म यस अघि बनाईएको खाका भन्दा वाहेका विषयमा प्रमुख तिन दल विच कुनै सहमति निस्कन नसके पछि घर विदाबाट आएका स्थानिय विकास अधिकारी डिलाराम पन्थीले कि तपाईहरु मिलाउनुस नत्र प्राविधिक सहयोग समितिलाई दिनुस् कार्यदलले बनाएको जे खाका छ त्यसलाई र दलहरुको फरक फरक मत सहित पठाउँछौं भन्दै कडा रुपमा प्रस्तुत भएको समेत श्रोतले बतायो ।

स्थानि विकास अधिकारी पन्थी संग सम्पर्क राख्दा उनि स्थानिय निकाय सिफारिस गरेर पठाउन लागेको हतारोमा रहेको बताए । हामी एकदम हतारमा छौं, आज पठाईदैछ धेरै बोल्न अहिले नसकीने अवस्था रहेको छ । यसै विच पुलका मुखा केन्द्र बन्ने भने पछि रुपाकोटले पनि अस्वीकार गर्ने र वलिथुम जुभुङ्ग पनि आन्दोलन मै उत्रेको छ । प्रतिकृया माग्न खोज्दा कुनै पनि दलका नेताहरुले फोन उठाएका छैनन् । आक्रोष्तिा जनताहरुको सामु बोलीफासो हुने डरले भेटमा पनि प्रतिकृया दिन चाहेका छैनन् ।

Comments

comments

Comments are closed.