सात बर्षदेखी अवरुद्ध सिँचाइ कुलो युवाहरुले सञ्चालनमा ल्याउँदै

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी गुल्मी । बिगत ७ बर्ष देखि ठप्प रहेको करङ्कखोला–अर्छुङ् सिँचाई कुलो पुन सञ्चालनमा ल्याउन नयाँ युवा शक्ति जुटेको छ । वामी सात करङ्खोला देखी वामी ५ अर्छुङ् सम्म पहिला निरन्तर रुपमा सञ्चालनमा आएको सिँचाइ कुलो बिकास निर्माण लगायतका कारणले बन्द भएको थियो । बन्द रहेको उक्त योजनालाइ पुन सञ्चालनमा ल्याइ पहिलाकै अवस्थामा पुर्याउन युवा शक्ति जुटेको हो । स्थानीय युवाहरु मिलेर आफैले वामी ७ करङ्कखोला देखी वामी ५ अर्छुङ्ग सम्म ६ किलोमिटर लम्बाइको कुलो आफैले खनेको अर्छुङ्का समाजसेवी धर्मेन्द्र केसीले जानकारी दिनुभयो । 15208042_581082005430948_1869444600_n
गाँउमा रहेका खेत बारीहरुमा कृषि गरी गाँउ नै हराभरा बनाउने उद्धेश्य सहित यस्तो अभियान थालीएको केसीले बताउनुभयो । यो अभियान पुर्ण रुपमा सुचारु गराउनको लागि आफुहरु एकदम लागि परेको उहाँको भनाई छ ।
पहिला बाबुबाजेको पालादेखी नै निरन्तर रुपमा चल्दै आएको उक्त सिँचाइ कुलो बर्षाको समयमा पहिरो जाने तथा मोटरबाटो खन्ने लगायतका कारणहरुले गर्दा अबरुद्ध भएको थियो । अब युवाहरु मिलेर उक्त अबरुद्ध कुलो सञ्चालनमा ल्याउन लागिएको केसीले बताउनुभयो । त्याहाका अर्का युवा अनुपम प्रकाशले गाँउका प्रत्येक घरहरुबाट कुलो निर्माणको काममा गइएको र नगएका प्रत्येक घरहरुबाट प्रति घर एक हजार रुपैया जरिवाना तिराउने समेत निर्णय भएको जानकारी दिनुभयो ।
यसैबिच उक्त कुलो लाइ अझै ब्यबस्थित गरी सञ्चालनमा ल्याउनको लागि आर्थिक संकलन अभियानलाइ पनि तिव्रता दिइएको छ । अभियानलाइ समर्थन गर्दे वामी अर्छुङ घर भइ हाल बिभिन्न देशहरुमा रहनुभएका हरि खत्री, हेमु केसी, रञ्जित केसी, मिन बहादुर केसी, प्रदिप केसी, ध्रुब केसी लगायतले नगद रु १ लाख बराबरको सहयोग गरिसक्नु भएको छ । अभियानले करिब तिन लाख बराबरको सहयोग उठाउने गरी काम अगाडी बढाइरहेको अनुपमले जानकारी दिए ।
15175438_581081922097623_1110811039_nत्यसैगरी अन्य युवा शक्तिहरुद्धारा पनि सहयोग गर्ने प्रतिबद्धता भइरहेको उहाँँको भनाइ छ । अभियानद्धारा संकलित आर्थिकको माध्यममबाट पक्की पाइपहरुको प्रयोग गरिने बताइएको छ । त्यसैगरी सहयोग संकलन अभियानलाइ चुस्त र दुरुस्त बनाउनको लागि सामाजिक सञ्चालको पनि सहयोग लिइएको अनुपमले जानकारी दिनुभयो । कुलोको माध्यमद्धारा गाउँमा पाटी घट्टा समेत सञ्चालन गरिने बताइएको छ ।

Comments

comments

Comments are closed.