सरकारको स्वरुप बदलेर भए पनि दलहरु ठाउँमा उभिन मन्त्री थापाको आव्हान

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार्
ग्गुल्मी , माघ–२५ । नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले संविधान कार्यान्वयनका लागि तिन प्रमुख राजनैतिक दल आ–आफ्ना झण्डा एका तिर थन्काएर एकै ठाउँमा आउन आव्हान गरेका छन् ।

उनले गुल्मीको जलपा हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ को उद्घाटन गर्दै यस्तो बताएका हुन् । संविधान कार्यान्यवन अहिलेको मुख्य जिम्मेवारी हो , यो कार्यभार पुरा गर्न प्रमुख तिन दल नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्र आ–आफ्नो झण्डा , टोपी र डण्डा सवै एकातिर थन्काएर एकै ठाउँ उभिन जरुरी छ , तव मात्र संविधान कार्यान्वयन हुने छ ,।’ उनले थपे –यदि त्यसो गर्न नसकेर हारे हामी सवैले हार्ने छौं , जिते हामी सवैले जित्ने छौं । ’
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री थापाले तिन प्रमुख तिन दल एकै ठाउँमा उभिनका लागि यो सरकारको स्वरुप फेरेर भए पनि त्यसो गर्नु पर्नेमा जोड दिए । संविधान संशोसधनको प्रस्ताव संसदमा दर्ता गराउने चर्चा चले देखि नै वर्तमान सरकारलाई राष्ट्रघातीको आरोप लगाउँदै आएको नेकपा एमालेलाई ईङ्गिद नै नगरी उनले घुमाउरो पारामा भने–‘कसैले देश बेच्न खोजेर बेचिदैन र कसैले जोगाउन खोजेर पनि खोजरे जगिदैन । ’
उनले आफु स्वास्थ्य मन्त्री भए पछि केहि महत्वपुर्ण निर्णयहरु मन्त्रीबाट गराएको र केहि गराउने क्रममा रहेको बताए । मुटुका रोगीहरुलाई एक पैसा नतिर्ने गरी निशुल्क उ े अगुवाचार गर्ने यो सरकारले निर्णय गरी सकेको र स्वदेश मै हुन सक्ने क्यान्सरको उपचारको व्वयीथा समेत निशुल्क गर्ने प्रस्ताव अगाडी सारेको समेत उनले जानकारी गराए ।
उनले आगमी तिन वर्ष भित्रमा देशभरका प्रत्येक स्वास्थ्य चौकीमा २४ सय वटा भवन बनाउनका लागि ६० अरव चाहिने र त्यो रकम नेपालमा कमी नभएको र कसै संग हात नथापी नेपाल सरकारले नै बनाएर छाड्ने बताए । अहिले देशभरका२ सय ७५ वटा स्वास्थ्य चौकीका भवन बनाउने जिम्मा आफुले पाएको र त्यस मध्ये गुल्मी जिल्लामा सवै भन्दा बढि १४ वटा स्वास्थ्य चौकी भवन बन्ने क्रमममा रहेको जानकारी दिए ।
यो सरकारले विशेष गरी निशुल्क शिक्षा र स्वास्थ्यमा बढि जोड दिएको बताउदै ५ नम्वर प्रदेश स्तरको लुम्विनी मेडिकल कलेजमा बन्न लागेको र त्यस कलेजमा यस क्षेत्रलाई आवस्यक पर्ने चिकित्सक उत्पादन गरेर प्रत्येक स्वास्थ्य चौकीमा डाक्टर पुराउने गरी मन्त्रालयले काम सुरु गरेको बताए ।
गुल्मी जिल्लाअस्पतालमा एक जना विशेषज्ञ डाक्टर अत्यन्तै आवस्य देखेर पठाएको तर खटाई सके पछि उनि सरुवा गरी पाउँ भन्दै मन्त्रालयमा धाएको उनले खुलासा गरे । यस्तो अवस्था नआयोस भन्नकै लागि लुम्विनी मेडिकल कलेजमा सरकारले पहिल्लै यो जिल्ला यो स्वास्थ्य चौकीका लागि भनेर कागज गराएरै निशुल्क पठाउने व्यस्था मिलाएको छ तपाई ढुक्क हुनुहोस यसै सरकार मेरै कार्यकाल भित्र अवको तिन चार वर्ष भित्र स्वास्थ्य र शैक्षिक क्षेत्रमा केहि महत्वपुर्ण काम हुने छ , मन्त्री थापाले भने ।
उनले अर्थमन्त्रालयबाट स्वीकृत भई सकेको र कानुन मन्त्रालयमा पठाईएको स्वास्थ्य मन्त्रालयको प्रस्तावमा स्वास्थ्य विमा लागु गरेर प्रत्येक नागरिकलाई एक पैसा पनि नल्याई अस्पताल भित्र छिराउने र एक पैसा पनि नलिई उपचार गरी पठाउने सरकारले तयारी सुरु गरेको पनि जानकारी दिए ।
मन्त्री थापाले आजै तिन करोड लागतमा बन्न सुरु हुने हस्तीचौर स्वास्थ्यचौकीका भवनको समेत शिलान्यास गरेका छन् । जम्मा एक घण्टा समय लिएर हेलिकप्टरमा आएका मन्त्री थापा राजधानी फर्कि सकेका छन् । १०८ गोविन्दशरण महाराजको आचार्यत्वमा आज देखि ७ दिन सम्म सञ्चालन हुने जलपा हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सव त्यस गाविसमा रहेको हिमालय उच्च माविमा प्राधिक शिक्षा सञ्चालन गर्ने मुख्य उद्देश्य रहेको महोत्सव मुल समारोह समितिका अध्यक्ष शेरबहादुर कुँवरले बताए ।
महोत्सवमा जिल्लाका सररकारी कार्यालयका प्रमुख , प्रतिनिधी , दलका नेता , संघ संस्था र पत्रकारहरुको विशेष आतिथ्यता रहेको थियो । अध्यक्ष कुँवरको अध्यक्षतामा सुरु भएको महोत्समा हिमालय उच्च माध्यामिक विद्यालयका प्राचर्य दधिराम पन्थीको स्वागत मन्तव्य र शिक्षक पदम जिसीको सञ्चालन रहेको छ

Comments

comments

Comments are closed.