‘समृद्ध मुसिकोट’ नगरपालिकाको लागि मेरो उम्मेदवारी – सापकोटा

  •  
  •  
  •  
  •  
  •  

दोस्रो चरण अर्थात जेठ ३१ गते हुन लागेको स्थानिय निर्वाचनमा गुल्मी जिल्लामा रहेका २ वटा नगरपालिका मध्ये गुल्मीको उत्तर पश्चिम क्षेत्रमा अबस्थित मुसिकोट नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार तथा युवा नेता सोमनाथ सापकोटा अनिल खत्रीसंग गरिएको सम्वाद ।

तपाईको उम्मेदवारीका कारण मुसिकोट नगरवासी खुसी हुनुपर्ने कारणहरु के के छन् ?
म मुसिकोट नगरपालीका वडा नं ८ मा जन्मेर सामााजिक राजनैतिक क्षेत्रमा काम गर्दै हाल नेकपा एमाले जिल्ला कमिटि गुल्मीको सचिवको जिम्मेवारी निर्वाह गरिरहेको छु । यस नगरपालिका भित्रका समस्याको बारेमा नजिकबाट परिचित छु । जिल्ला सदरमुकाममा बसेर यस क्षेत्रको सम्रग विकासको लागि खेलेको भुमिका सबै सामु छर्लङ्ग छ । साथै स्थानीय तह पुर्नसंरचनाको क्रममा यस क्षेत्रलाई नगरपालिका बनाउनको लागि अग्र भुमिका खेलेको हुनाले नगरबासी खुशी हुने कुरा स्वभाविक हो ।

सम्रग मुसिकोट नगरको आर्थिक तथा सामाजिक विकासमा तपाईको भुमिका के रहन्छ ?
स्थानीय तहको पुर्नसंरचना सगै घोषण भएको मुसिकोट नगरपालिकाको आर्थिक सामाजिक विकासका लागि बिस्तृत योजना सहित काम गर्नु पर्ने आवश्वकता छ । वीशेषगरी कृषिमा आधुनिकीकरण ,व्यवसायीकरण र विभेदीकरण गर्नुपर्ने देखिन्छ । कफीको जननी भनेर चिनीने आपचौर पनि यसै नगरपालिका भित्र पर्ने भएकोले कफीको बजारीकरण र व्यावसायिकरणमा जोड दिइने छ ।बालउद्यान,जेष्ठ नागरिक गृह,खेलकुद मैदान स्थापना गरी सञ्चालनमा ल्याइने छ ।

तपाईले जिति सकेपछी मुसिकोट नगरपालिमा जनताले के कस्ता सेवा सुबिधाहरु पाउने छन् ?
सबै वडालाई पक्की सडकले छुने गरी योजना अगाडी बढाउने र प्रत्येक टोलसम्म सडक सञ्चाल विस्तार गरीने छ ।प्रत्येक वार्डमा स्वास्थ्य केन्द्र स्थापना गरीनेछ ।विद्युत,शिक्षा,खानेपानी र सञ्चारको पहुच प्रत्येक घरधुरीमा पुराउने गरी कार्यक्रम अगाडी बढाइने छ ।

शिक्षा तथा स्वास्थ्यको सम्रग विकासको लागी के कस्ता योजनाहरु बनाउनु भएको छ ?
सरकारी विद्यालयको स्तरउन्नती गर्ने, मध्यमस्तरको प्राविधिक शिक्षालय स्थापना गर्ने ,नगर क्षेत्रमा ५० सैयाको अस्पताल स्थापना गरी सञ्चालन गर्ने,पत्येक वडामा स्वास्थ्य केन्द्र मार्फत एम्बुलेन्स सेवा पुराउने गरी प्रतिवद्धता जनाएका छौ ।

नगरमा बिद्ययमान बेरोजगारीलाई कसरी समधान गर्नुहुन्छ ?
घरेलु उद्योग स्थापना ,स्वरोजगारमुलक युवा लक्षित कार्यक्रमहरु अगाडी बडाइनेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धन गर्ने कार्यक्रम अगाडी बढाइने छ ।रेमीटयान्सको सही सदुपयोग गर्ने खालको वातावरण तयार गरिनेछ ।

अन्त्यमा समग्र मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
देश भरी सुर्य ध्यजाबाहकहरुको लहर चलीरहेको बेला सुर्यको जीत निश्चीत छ । यहाहरुको छोरा भतिजो हुनाको नाताले मुसिकोट नगरपालिकाको सम्रग विकासका लागि अमुल्य मत प्रदान गरी मलाइ विजय गराउनु हुन अनुरोध गर्दछु ।यहाहरुको विश्वास खेर नजाने गरी काम गर्ने प्रतिवद्धता जनाउछु ।

Comments

comments

Comments are closed.