गाउँघरका खबर

समाजसेवी गुरुङ एक्लैले बनाईदिए गाउँमा प्रवेशद्वार

रेडियो नेपाल
गुल्मी, २० कात्तिक । गुल्मीको मुसिकोट नगरपालिका – ६ स्वाँरामा एक समाजसेवीले प्रवेशद्वार निर्माण गर्नुभएको छ ।
मुसिकोट नगरपालिका–६ स्वाँरा निवासी हाल रोजगारीको सिलसिलामा हङ्कङमा कार्यरत रहँदै आउनुभएका ताराबहादुर गुरुङ र श्रीमती मनकुमारी गुरुङले आफ्नी स्व माता नरमाया गुरुङ र स्व सासू सीता र ससूरा चन्द्रबहादुर गुरुङको स्मृतिमा रु एक लाख १४ हजारको लागतमा स्वाँराको गुरुङ समुदायको संस्कृति तथा पर्यटन भवनको परिसरमा प्रवेशद्वार बनाइदिनुभएको स्वाँरा गुरुङ होमस्टे (घरबास) सञ्चालक समितिका सचिव जीतबहादुर गुरुङले जानकारी दिनुभयो ।
समाजसेवी गुरुङले समाजका विभिन्न क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आउनुभएको सहयोगी गुरुङका भाइ लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।