निर्वाचन अप्डेट

संसद भित्र जनसरोकारका बिषय कहिल्यै नबोल्नेलाइ किन मत दिने ?: उम्मेदवार के.सी

रमेश बिक
गुल्मी । नेपाली कांग्रेसका नेता चन्द्र के.सीले पटक पटक यहाँ जनताले मत दिएर पठाएका जनप्रतिनिधिहरु संसदभित्र जनसरोकार र नीति निर्माणका बिषयमा नबोल्नेलाई जनताले किन भोट दिने भन्ने प्रश्न गरेका छन् । गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको सदस्यका उम्मेदवार के.सीले चुनाव प्रचार प्रसारको क्रममा बिपक्षी उम्मेदवारलाई लक्षित गर्दै सो कुरा बताएका हुन् ।

चुनाव प्रचार प्रसार अभियान तथा स्थानीय कार्यकर्ता भेटघाट अभियानको क्रममा आज मुसिकोटमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “पटक पटक यहाँ जनताले मत दिएर पठाएका जनप्रतिनिधिहरु संसदभित्र जनसरोकार र नीति निर्माणका लागी एक पटक पनि बोलेनन् त्यसैले यस पटक बोल्ने उम्मेदवारलाई जनताले विश्वास गर्नुपर्छ ।”

chandra kc
उम्मेदवार के.सी

चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा आज मुसिकोट नगरपालिकाको भुवाचिदीं हुँदै कुर्घाको मालिका, कुर्घाको स्वांरा, राले र इन्द्रेगौंड र गुन्धारामा सम्पन्न भएको छ।

चुनाव प्रचार प्रसार तथा घर दैलो अभियानमा जिल्लास्थित नेता र विभिन्न भातृसंघका नेता कार्यकर्ता पनि चुनावी दौडाईमा रहेका छन। चुनावी प्रचारमा लागेका उम्मेदवार चन्द्र के.सी, सालीक पन्थी र नेता कार्यकर्ताहरु गाउँ गाउँमा पुग्दा उम्मेदवारलाई अबिर माला लगाएर स्वागत गरेका छन् ।

अभियानको क्रममा उम्मेदवारहररुले बढिघाट खोलाले बर्षायाममा निकै क्षतिको बारेमा जनताले राखेको समस्या र गुनासो यथास्कय सम्बोधन गरिने बताएका छन।

साथै जनताले मागेका मागहरु पर्यटकिय स्थान, खेलमैदान, होमस्टे लगायतका मागहरुको सम्बन्धमा यथास्किय सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन।चुनाव प्रचार प्रसार अभियानको क्रममा उम्मेदवार चन्द्र र शालिक भन्छन समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बताएका छन। उनिहरुले यसपाली नेपाली जनताले लोकतान्त्रीक शक्तीलाई विजय बनाउनुहुने छ भन्ने आशा व्यक्त गर्दै बाम गठबन्धन स्वार्थ केन्द्रीत र अपवित्र भएको धारणा व्यक्त गरेका छन।

चुनाव प्रचार प्रसार अभियानका क्रममा घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवारहरुसँग माग राखेका थिए। भने उम्मेदवारहरुले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।उक्त कार्यक्रममा पूर्वसांसद रुद्रमणि भण्डारी, जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव बिष्णु कुमारी सापकोटा, महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, पूर्व क्षेत्रीय सभापति दामोदर भुसाल, क्षेत्रीय सभापति भगत खड्का,जिल्ला सदस्य धिरेन्द्र के.सी. ससमाजसेवि श्याम जि.सी. पूर्ण के.सी. विद्यार्थी नेता विक्रम पन्थीको उपस्थित रहेको थियो।

कार्यक्रममा वोल्दै उनिहरुले जिल्लालाई विकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफुहरु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएका थिए। उनिहरुले जनताको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफुहरु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका थिए।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।