संविधान संसोधनको कुरा औचित्यहिन : एमाले नेता बिष्ट

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, कार्तिक २ गते । नेकपा एमालेका सचिव गोर्कणराज बिष्टले संविधान एक दस्तावेज मात्र भएकाले यसलाई समय अनुसार समय अनुसार संसोधन गर्न सकिने तर त्यसको औचित्य पुष्टी हुनुपर्नेमा जोड दिनुभएको छ । अहिले केहि पार्टीहरुले संविधान संसोधनको कुरा उठाईरहेको बताउँदै त्यो औचित्यहिन भन्दै एमालले कुनै हालतमा सर्मथन नगर्ने बताउनुभयो ।gokarna-bista
किशानका लागी उन्नत बिउ बिजन कार्यक्रम बाख्रा विकास परियोजना अन्तरगत बाख्रा उपहार तथा पुरस्कार वितरण कार्यक्रमको अम्मरपुरमा संबोधन गर्दै गुल्मी क्षेत्र नं ३ का सांसद बिष्टले स्थानीय निकायको चुनाव जतिसक्दो छिटो बताउनुभयो । जसका लागी आफु र आफ्नो पार्टीले पहल गरिरहेको सांसद बिष्टको भनाई छ । साथै संघियताको प्रसंगमा उहाँले कुनैपनि हालतमा लुम्बिनी अञ्चलका जिल्लाहरु टुक्राउन नहुने भन्दै यदि त्यसो भएमा राजनितीक दल र जनता मिलेर बिरोध गर्नुपर्ने बताउनुभयो ।
जिल्लाको सन्धर्वमा नौ वटा स्वास्थ्यचौकी, विभिन्न सडकहरु, खानेपानी आयोजना, सिंचाई आयोजना लगायतका योजनाहरु कार्यान्वयनको अवस्थामा रहेको बताउनुभयो । बिष्टले आफु जनाताको ठुलो मान्छे नभएर सेवक मात्र भएको बताउँदै विकाससंग राजनिती नजोडेर स्थानीय स्तरका सवै राजनितीक पार्टी मिलेर विकासमा लाग्न आग्रह गर्नुभयो । सोहि अवसरमा संयुक्त राष्ट्र संघका पुर्व उपमहासचिव कुलचन्द्र गौतमले स्थापना गरेको ट्रष्ट प्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमका बिशेष अतिथी कुलचन्द्र गौतमले अन्य देशको तुलनामा नेपाल र गुल्मी जिल्ला सामाजिक विकासको सन्दर्भमा अगाडी रहेको तर आर्थिक विकासमा भने खासै प्रगती नभएकोले त्यसमा सवैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै २०७४ मंसिरमा आफ्नो ७० औ जन्मदिनको अवसरमा जन्मस्थल अम्मरपुरमा स्वास्थ्य शिविर लगायतका कार्य गरि अम्मरपुर महोत्सव मनाउने बताउनुभयो ।
हेफर इन्टर नेशनलका कार्यकारी निर्देशक डाक्टर तीर्थराज रेग्मीले हेफर इन्टरनेशनलका विभिन्न गतिविधी तथा संस्थाका उदेश्यका बारेमा बताउनुभएको थियो । उहाँले एक घरले बार्षिक तीन लाख आम्दानी गर्ने, मासुमा आत्मनिर्भर बन्ने, तरकारी खेती तथा अन्य नगदेवालीमा वृद्धि गरी जीवन स्तर उकास्ने जस्ता लक्ष्यहरु संस्थाको रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला तथा अम्मरपुर स्थित राजनितीक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायत अम्मरपुरबासीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नवप्रभात युवा संघको परियोजना संयोजक प्रकाश चालिसेले अम्मरपुर गाविसमा संचालित हेफर इन्टरनेशनलका गतिविधीको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम हिमा गौतम स्मृती कोषका कार्यबहाक अध्यक्ष नारायण पराजुलीको अध्यक्षता तथा गाविस सचिव नारायण महतको संचालनमा सम्पन्न भएको त्यहाँ पुग्नुभएका सहकर्मी हुमाकान्त पोख्रेलले यो खबर पठाउनुभएको छ ।
कार्यक्रम अम्मरपुर गाविस, हिमा गौतम स्मृति कोष, नवप्रभात युवा संघको आयोजना हेफर इन्टरनेशनलको सहयोग तथा लोककल्याणकारी युवा क्वलको सहजीकरण सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा ३३१ वटा बाखा्र र ८ बटा उन्नत जातका बोका उपहार प्रदान गरिएको छ ।

Comments

comments

Comments are closed.