संविधान दिने पार्टीलाई भोट दिने की चुट्कीला भन्नेलाई ?: चन्द्र भण्डारी

  •  
  •  
  •  
  •  
  •  

‘संविधान निर्माणका सहयात्रीहरु कार्यान्वयनका लागि मिल्नुपर्छ’

बुटवल, जेठ ३० । नेपाली काग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले एमालेको कडा आलोचना गरेका छन् ।

रुपन्देहीको सैनामैनामा नेपाली काँग्रेस सैनामैना नगर समितिले आयोजना गरेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसार कार्यक्रमलाइ सैनामैनाको कलौनीमा सम्बोधन गर्दै नेता भण्डारीले संविधान आएकै कारण मुलुक निर्वाचनमय भएको उल्लेख गरे ।

संविधानको सफल कार्यान्वयनका लागि संविधान बनाउँदा मिलेका दलहरु कार्यान्वयनमा पनि मिल्नुपर्ने धारणा राखे ।

नेपाली कँंग्रेसका तत्कालिन सभापति स्व. सुशिल कोईराला नेतृत्वको सरकारले संविधान जारी गरेको स्मरण गर्दै संविधान जारी गर्दाका सहयात्री दलहरु कार्यान्वयनमा पनि एक हुनुपर्ने धारणा राखे ।
कँग्रेसकै नेतृत्वमा आएको संविधानमा स्थानीय तहमा २२ वटा अधिकार सुनिश्चित भएको जानकारी गराउदै उनले भने –‘संविधान दिने पार्टीलाई भोट दिने की चुट्कीला भन्नेलाई ?, अधिकार तपाईँकै हातमा छ ।’

पहिलो चरणको निर्वाचनमा एमालेले बढि स्थानमा जीत हात पारेपछि केपी ओलीमा अहम् बढेको आरोप लगाउँदै उहाँले आफ्नो झण्डा सम्म बोक्न नसक्ने पार्टीले जनताको पक्षमा केही गर्न नसक्ने दावी गरे ।

काग्रेस सैनामैनाका मेयरका उम्मेद्वार फणेन्द्र शर्माले सैनामैनाको समग्र विकासको लागि आफ्नो उम्मेद्वारी भएको बताए । -नागरिक आवाज

Comments

comments

Comments are closed.