संबिधान संशोधनको बिरोधमा गुल्मीमा सरकारी कार्यालयमा धर्ना

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर १६ । सरकारले दर्ता गरेको सविधान सशोधन प्रस्तावको बिरोधमा गरिएको आन्दोलन गुल्मीमाआज पनि जारी रहेको छ । आज विहानैदेखि स्वर्तस्र्फुत रुपमा बजार,उद्योगधन्दा पसल बन्द गरी आन्दोलनकारीहरु सड्कमा निस्केका छन । विभिन्न राजनैतिक दल , संघ संस्था , पत्रकार ,नागरिक समाज लगायतको बैठकले गुल्मीमा आन्दोलनको कार्यक्रमलाई थप सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेअनुसार आज विहान जिल्ला प्रशासन तथा जिल्ला विकास समितिको कार्यालय घेराउ गरिएको छ ।भने तम्घास बजारमा विरोध ¥याली समेत शुरु भएको छ ।बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधनहरु छुट्न सकेको छैन ।बजार पुर्ण रुपमा बन्दभएको छ । भोलिदेखि  बिधालय पनि बन्द हुने गुल्मी उधोग वाणिज्य संघ गुल्मीले जनाएको छ ।

gulmi-andonal-1

gulmi-hadtal-1

Comments

comments

Comments are closed.