श्रेष्ठ परिवारद्वारा निशुल्क स्वास्थ्य शिविर सन्चालन

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , फागुन ७ । गुल्मी सदरमुकाम तम्घासको एक परिवारले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् । तम्घास हुलाक रोडका मानबहादुर श्रेष्ठको परिवारले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी जिल्लाका विरामीहरुको निशुल्क औषधी उपचार गर्दै आएका हुन् ।

विगतमा जस्तै श्रेष्ठ परिवारले यस वर्ष पनि फागुन ७ देखि ८ गते सम्म जिल्ला स्वास्थ्य कार्यालयको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

विदेशको कमाई जिल्लावासीको सेवामा

मानबहादुर श्रेष्ठ विगतमा कपडा व्यापारी थिए । छोराहरु वैदेशिक रोजगारमा लागे । जेठा छोरा ज्ञानेश्वर श्रेष्ठ अमेरिका पुगे, अर्का छोरा हिरन्यराज र विरेन्द्र पनि अमेरिका नै पुगे ।

माईला छोरा नरेन्द्रराज स्वेश मै भए रहे । मानबहादुरले विशेषतः अमेरिकामा रहने छोराहरुबाट मानविय सेवा गर्ने अवसर पाए । छोराहरुले पिता र माताको नाममा मानबहादुर एण्ड मायादेवी फाउण्डेशन नेपाल नामक संस्था दर्ता गरे ।
सोही संस्थाको नाममा वर्षेनी निः शुल्क स्वास्थ्य शिविर संञ्चालन गरिनुका साथै विपतमा परेका र विपन्न वर्गका जनतालाई राहत पुराउने कार्यमा उक्त संस्थाले सक्रियता बढाउँदै आएको छ । भुकम्प पिडित देखि यस वर्ष जिल्लाभरका अग्नी पिडितहरुलाई सो संस्थाले राहत वितरण गरेको थियो । धार्मिक सभा समारोह पनि पाउन्डेशनले गर्दै आएको छ ।
gulmi shibir
शानिवार पहिलो दिन ३ सय २० जनाले निशुल्क स्वास्थ्य उपचार गराएको र भोली पनि थुप्रै संख्यामा बिरामीहरुले स्वास्थ्य उपचार पाउने शिविरको मुख्य समन्वयकर्ता तथा सहयोगी संस्था लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मी शाखाका अध्यक्ष जनक पन्तले बताए ।
प्रतिष्ठानका अलवा शिविरमा एनएसएमडी, रेसुङ्गा युवा क्लव तम्घास, जिल्ला अस्पताल, लेकवेसी आमा समुह तम्घास, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वल गुल्मी र नेपाल कलेज अफ वेस्ट फिजिसियन नामक संस्था स्वयमसेवी संस्थाका रुपमा क्रियाशिल रहेका छन् ।
जेठा छोरा ज्ञानेश्वर श्रेष्ठ आजै पुर्खेयौली घर अर्घाखाँचीको अर्घातोषमा पनि निःशुल्क स्वास्थ्य शिविर राखेर त्यहाँ अनुगमनमा गएको र आफुले गुल्मी जिल्लावासीको स्वास्थ्य शिविरमा खटिन पाउँदै आसाध्यै सन्तोष लागेको वावु मानबहादुर श्रेष्ठले बताए ।

Comments

comments

Comments are closed.