श्रीमतीको गहना लुट्ने क्रममा श्रीमानको हत्या

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, असार ३१ । गए राती गुल्मीको बाँझकटेरीमा श्रीमतिको गहना लुट्ने क्रममा उनलाई बचाउन खोज्ने उनका श्रीमानलाई अज्ञात समुहले खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
राती करिव १ वजेको समयमा हामीलाई वास दिनुसन भन्दै ढोका खोल्न लगाएका दुई तिन जनाको अज्ञात समुहले बाँझकटेरी–१ छहरा गाउँका ५८ वर्षिय छत्रबहादुर सेन ओलीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस कार्यालयका डिएसी महेन्द्र नेपालका अनुसार त्यस भित्र पसेका ति समुहले सुरुमा सेन ओलीकी श्रीमती खगीश्वराको तिलहरी र कानका माडवरी लुट्न थाले त्यस क्रममा श्रीमतीलाई बचाउन खोज्दा त्यो समुहले खुकुरी प्रहार गर्न थाल्यो ।
man stabbed in gulmiसेन ओलीको हात पाखुरा अलग हुने गरी खुकुरी प्रहार गरेका उनिहरुले त्यस घरको थप दुई थान मोवाईल समेत लिएर फरार भएका थिए । राती करिव साढे १ वजेको समयमा पुर्कोटदह ईलाका प्रहरी कार्यालयको टोली घटना स्थलमा पुग्दा सेन ओली मृत अवस्थामा फेला परेका थिए ।
घटनाको जानकारी पाउन साथ जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावल घटनास्थलमा पुगेका छन् । चौतर्फी घेराउ गरी दुई जनालाई समातेको भनिए पनि डिएसपी नेपालले त्यसको पुष्ट्याँई गरेनन् । उनले भने–‘यति वुझ्नुस् हामी घटनाको निकै नजिक पुगेका छौं बाँकी कुरा भरै एसपी साव फर्के पछि थाह हुनेछ ।’ मृतकका छोरा राजेश सेन रेडियो रेसुङ्गाका सञ्चारकर्मी हुन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *