सिविल ईन्जिनियरिङ्ग अध्यानका लागि आकर्षण बढ्दो

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, बैशाख १४ । गुल्मीका जम्मा तिन वटा विद्यालयहरुमा सरकारले प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ । अघिल्लो वर्ष सम्म प्राविधिक शिक्षामा यी तिन विद्यालयहरुमा विद्यार्थीको संख्या केहि कम देखिए पनि यस शैक्षिक सत्र देखि विद्यार्थीहरुको आकर्षण बढ्दो छ ।

गुल्मी क्षेत्र नम्व २ को रिमुवा स्थित जनज्योति माध्यामिक विद्यायलयमा शिविल ईन्जिनियरिङ्ग धारको जिल्लामा सवै भन्दा पहिला भएको हो । गत शैक्षिक सत्र देखि सदरमुकामको एक मात्र सामुदायिक विद्यालय रेसुङ्गा माध्यामिक विद्यालयमा पनि शिविल ईन्जिनियरिङ्ग विषयको पढाई सञ्चालन भएको छ ।
उता क्षेत्र नम्वर १ को शान्तिपुर स्थित उदय माध्यामिक विद्यालयमा कृषि प्राविधिक विषय पढाईदै आईएको छ । यि तिन वटै विद्यालयहरुमा विशेषतः प्राविधिक शिक्षा प्रति आकर्षित हुने विद्यार्थीको संख्या यस शैक्षिक सत्र देखि बढेको बताईएको छ ।

कक्षा १२ को अध्यान सके पछि शव–ईन्जिनियरको जागिर पनि पाईने र जागिर संगै थप अध्यान पनि गर्दै जान पाईने भएको हुनाले पनि प्राविधिक शिक्षमा विद्यार्थीहरुको आकर्षण बढेको रेसुङ्गा माध्यामिक विद्यालयमा आज देखि सुरु गरिएको भर्ना अभियानमा आएका विद्यार्थीहरुको चाँपले पनि देखाएको छ ।

तम्घासकै वोर्डिङ्ग स्कुलमा पढाएर कक्षा ९ उतिर्ण गराएका तम्घास .वगाले टोल निवासी प्रेम नेपालीले छोरालाई कक्षा ९ देखि शिविल ईन्जिनियर पढाउने चाहनाका साथ रेसुङ्गा माविमा भर्ना गर्न लिएर आएका थिए ।
उनले भने सिप पनि सिक्ने उच्च शिक्षाको अध्यान पनि अगाडी बढ्दै जाने भएकोले छोरालाई वोर्डिङ्गबाट निकालेर यहाँ लिएर भर्ना गर्दैछु । उनि जस्तै थुप्रै अभिभावकहरु अन्य विद्यालयहरुबाट निकालेर कक्षा ९ देखि शव ईन्जिनियर पढाउन त्यस विद्यालयमा आएका थिए । अघिल्लो शैक्षिक १७ मा ३६ जना विद्यार्थी कक्षा ९ मा भर्ना भएका थिए । अहिले उनिहरु कक्षा १० मा अध्यान गर्दै छन् । आज पहिलो दिन नै २७ जना विद्यार्थी भर्ना भएको विवरण त्यस विद्यालय प्रशासनले हामीलाई उपलव्ध गराएको छ । भर्नाको पहिलो दिनमै त्यहाँका नियमित र अन्य विद्यालयबाट आएर २७ जना विद्यार्थीहरु शिविल ईन्जिनियर कक्षा ९ मा भर्ना भए पछि त्यहाँ आगमी १५ गते सम्मको अवधीमा विद्यार्थीको संख्या ह्वात्तै बढ्ने देखिएको छ ।
त्यस विद्यालयका प्रधानध्यापक प्रेमनारायण भण्डारी भन्छन् –‘ गत वर्ष भर्खर सञ्चालन गरिएकोले बुझाउन सकिएन्, त्यस माथी साधरण विषयहरु मात्रै अध्यापन गराउने विद्यालयहरुले केहि गलत प्रचार पनि गरे । तर यो शैक्षिक सत्र देखि विद्यार्थी र उनका अभिभावकहरुले बुझ्न थालेको आजको भर्ना अभियानले देखाएको छ ।

सव-ईन्जिनियर धारमा अध्यान गरे पछि अरु कक्षा १२ देखि अरु विषय पढ्न पाईदैन भन्ने अन्य विद्यालयले पारेको भ्रमका पछाडी विद्यार्थी र अभिभावकहरु नलाग्न उनले सचेत गराए । कक्षा १२ उतिर्ण गरे पछि शव ईन्जिनियरको जागिर जुन सुकै स्थानमा पाउँछन् उनले थपे त्यस पछि ईन्जिनियरिङ्ग पढ्ने कि अरु जुन सुकै विषय ? त्यो स्वयम विद्यार्थीले रोज्न सक्छन र पाउछन् ।

Comments

comments

Comments are closed.