शिवशक्ति युवा क्लवद्धारा सहयोगदाता सम्मानित

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी ,पौष–१० । श्री न्यु शिवशक्ति युवा क्लव बडागाउँ ५ पेंगा गुल्मीले वार्षिकोत्सवको अवसरमा सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई सम्मान गरेको छ । क्लवको दोश्रो वार्षिकोत्सवको अवसरमा आर्थिक , भौतिक र सञ्चार माध्यमबाट सहयोग गर्ने तिन दर्जन भन्दा बढि सहयोगदातालाई एक समारोहका विच सम्मान गरिएको हो ।
सवै भन्दा बढि २७ हजार नगद सहयोग गर्ने बडागाउँ ६ जलुकेका बसन्त खड्का पिता वलबहादुर खड्कालाई कार्यक्रमको प्रमुख अतिथीका रुपमा सत्कार गर्दै उनलाई दोसाल्ला ओढाएर कदर पत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै बडागाउँ ५ पेगाका लालबहादुर थापाले १५ हजार, सोही स्थानका कुमार पाण्डे १० हजार ५ सय , सोही स्थानकै महेश रायमाझीले १० हजार , बडागाउँ ५ पेगाका यमबहादुर बरमले मगर ८ हजार, हस्तीचौर मल्दीका नारायण खत्री, बडागाउँ जलुकेका मित्रबहादुर रायमाझी, हस्तीचौर ७ समाचौरकाख लोकेन्द्र खत्रीले ७÷ ७ हजारका दरले सहयोग गरेका थिए ।
पेगाका भरत अधिकारी र कुमारबाबु गन्धर्भले ६ ÷ ६ हजारका दरले सहयोग गरेका थिए । पेगाकै किसान जिसीले मुस्कानले ५ हजार ५ सय ५५ सहयोग गरेका थिए ।
त्यस्तै पेगाका यमबहादुर सुनार , अर्जुन रायमाझी, रातडाँडाका प्रकाश जिसी , तम्घास फेमस टे«लर्शका सञ्चालक प्रताप परियार तम्घासमै डेण्टल क्लिनिकका सञ्चालक कमल रिजाल पेगाका शंकरबहादुर रायमाझी , तम्घासका रामचन्द्र सुनार र पेंगाका विक्रम शाहीले ५÷५ हजारका दरले सहयोग गरेका थिए ।
ति सहित रु ५० देखि ५५ हजार तल सम्म सहयोग गर्नेहरुलाई समेत क्लवले सम्मान गरेको थियो । कार्यक्रममा अध्यक्ष भुवन जिसी उपाध्यक्ष विष्णुबहादुर खड्का, सचिव यम सुनार , सहसचिव अर्जून वि.क.कोषाध्यक्ष माया घर्ती लगायत र सदस्यहरुले सम्मान गरेका थिए । कार्यक्रमा रेसुङ्गा टेलिभिजनका प्रवन्ध निर्देशक सुमन पाण्डे लगायतलाई पनि सम्मान गरिएको थियो ।

Comments

comments

Comments are closed.