शिद्धार्थ गौतम बुद्ध क्याम्पसकी छात्राको शव फेला

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी चैत्र–१४ । वुटवलको गोलपार्क नजिकै वमघाट पानीट्याङकी भन्ने स्थानको जंगलमा हिजो साँझ भेटिएको शव शिद्धार्थ गौतम बुद्ध क्याम्पसकी छात्रा मनिषा पोखेरलको पुष्टी भएको प्रहरीले जनाएको छ ।

परिवार जनलाई वोलाएर सनाखत गराउँदा चैत्र १० गते देखि हराएकी उक्त क्याम्पसकी २१ व्र्षिया छात्रा मनिषा पोखरेलको शव भएको पुष्टी भएको वुटवल ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पौण्ड्यालले बताए ।
रुपन्देही सेमलारकी पोखरेल चैत्र १० गते उक्त क्याम्पसमा परिक्षा दिन आए देखि वेपत्ता भए पछि उनका परिवारले खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए । प्रहरी निरीक्षक पौड्यालले रुखमा झुण्डीएको अवस्थामा फेला परेको उनको शव आफन्तजनलाई बुझाईएको र आत्मा हत्याको कारण खुलाउन नमिल्ने बताए । उनि विवएस प्रथम वर्षमा अध्यान गर्दै आएकी थिईन् ।

Comments

comments

Comments are closed.