शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा श्रेष्ठ चयन

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर ३० । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । बुटवलमा सम्पन्न आठौं बार्षिक साधारण सभाले गुल्मीका श्रेष्ठ सहित डा.तारा प्रसाद उपाध्याय (ज्ञवाली), भुवन भण्डारी, कृष्ण प्रसाद भण्डारी, मेघराज कक्षपती, मोहन चापागाई, गोपाल प्रसाद पाण्डे र डिल्लीराज भुसाल सदस्य रहेको सञ्चालक समिती निर्विरोध निर्वाचित गरेको छ ।
साधारणसभाले आ.व. २०७२÷७३ को मुनाफावाट चुक्ता पुँजीको २७ प्रतिशत बोनश शेयर वितरण गर्न स्विकृत प्रदान गरेको छ । साधारण सभाको अबसरमा बैंकले आ.व. २०७२÷७३ मा रुद्रपुर शाखा कार्यालयलाई उत्कृष्ट शाखा कार्यालयको रुपमा सम्मान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश पौडेलले जानकारी दिए । सधारण सभामा अध्यक्ष थानेश्वर पौडेलले बैंकको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश पौडेलले सञ्चालन रहेको थियो । बुटवलमा केन्द्रिय कार्यालय रहेको यस बैकको हाल ९ जिल्लामा २८ वटा शाखा कार्यालय रहेको छन् ।

Comments

comments

Comments are closed.